नेप्से हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजार परिसुचक आज ५४ दशमलव ३१ अंकले बढेर ३ हजार ५८ दशमलव ६४ को बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च अंक हो ।
कारोबारमा आएका २ सय २३ कम्पनीका १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४ सय ७२ रुपैयाँ बराबरका ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता शेयर खरिद बिक्रीबाट छ । जसमध्ये नेपाल बैंकको सबैभन्दा धेरै ४९ करोड ७६ लाख, ग्लोबल आइएमई बैंकको ४९ करोड ४३ लाख, एनसिसी बैंकको ३४ करोड ७८ लाख बराबरको कारोबारले बैंकिङको सर्वाधिक बढेकाले नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
आज विशाल बजार कम्पनी, ङ्गाग्दी पावर, सपोर्ट माइक्रोफाइनान्स, राधी हाइड्रो, पञ्चकन्या माई हाइड्रो, कालिका पावर, जोशी हाइड्रो, युनिभार्सल पावर र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबारमा आएका समूहगत सुचकमध्ये होटेल तथा टुरिजम र म्याचुअल फण्डबाहेकका सबै समूहगत सुचक बढेका छन् । बैंकिग समूह सबैभन्दा धेरै ३ दशमलव ४३ प्रतिशत र हाइड्रोपावर समूह २ दशमलव ३९ प्रतिशतले बढेको छ । कारोबारमा आएकामध्ये १ सय ३६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया