एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष भुजेलको निधन

सउल । गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ ।
चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढढेका थिए ।
बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचाररत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनको मृत्यु हृदयाघातका कारण भएको बताइएको छ ।
उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी प्रवासी नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए ।
उनको निधनलाई एनआरएनए कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ ।
उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ ।
भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए । उनको शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया