महन्थ ठाकुरका विश्वास पात्र यादव र सुमनले छाडे साथ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेसँगै निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गरेको छ । पार्टीको आधिकारिकतामा विवाद आएपछि आयोगले आज हेड काउन्ट गरेको हो ।
५१ जना कार्यकारिणी सदस्यमध्ये दुई अध्यक्षहरू महन्थ ठाकुर वा उपेन्द्र यादव जसको पक्षमा बढी हस्ताक्षर हुन्छ उसले आधिकारिकता प्राप्त गर्ने आयोगले जनाएको छ । यस क्रममा अध्यक्ष ठाकुर पक्षबाट मन्त्री बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिश सुमनले अर्का अध्यक्ष यादव पक्षबाट हस्ताक्षर गरेका छन् ।
निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाँदा अध्यक्ष ठाकुरले यादवलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । सुरुमा ठाकुरले मन्त्री बन्नेको नामावली पठाउँदा ओलीले यादवलाई मन्त्री बनाउन मानेका थिएनन् । पछि जसपा ठाकुर पक्षलाई एउटा मन्त्री थप हुँदा नेता यादव मन्त्री बनेका थिए ।
कार्यकारिणी सदस्यहरूका दुई नेताहरूले अध्यक्ष ठाकुरको साथ छोड्दा उनी थप कमजोर बनेका छन् । उता अर्का अध्यक्ष यादव बलियो बनेका छन् । उनको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरिसकेका छन् ।
















पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया