कुन उमेर समूहका कतिले लिए कांग्रेस सदस्यता ?

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष रहेका छन् । १४ औँ महाधिवेशन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बुझाएको प्रतिवेदनअनुसार यो संख्या कूल सदस्यताको ७४ दशमलव २६ प्रतिशत हो ।
महिलाको संख्या एक लाख ९९ हजार ९७ जना रहेका छन् । यो संख्या २२ दशमलव ६२ प्रतिशत हो । अन्य लिङ्गबाट जम्मा एक सय ७६ जनाले सदस्यता प्राप्त गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा प्रतिवेदन पेश भएको हो ।
यस्तै, उमेर समूहअनुसार सबैभन्दा बढी ४१ देखि ६० वर्षका कूल ३ लाख २८ हजार २३४ जनाले सदस्यता लिएका छन् । सबैभन्दा कम ७५ वर्षभन्दा माथिका उमेर समूहले ११ हजार ७८२ जनाले सदस्यता लिएका छन् ।
प्रतिवेदनमा प्रस्तुत भएअनुसार १६ देखि २५ वर्षसम्मका ४० हजार ४२७ जना, २६ देखि ४० वर्षसम्मका दुई लाख ४९ हजार ७७४ जना र ६१ देखि ७५ वर्षसम्मका ८३ हजार १० जनाले सदस्यता लिएका छन् ।
















चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया