कछुवा बेच्न लाग्दा तीन पक्राउ

काठमाडौँ । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले उनीहरुलाई काठमाडौँको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट पक्राउ गरेको जनाइएको छ । संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुका साथबाट जिउँदो कछुवासमेत बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको ब्यूरेले आज एक सूचना जारी गरी जनाएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढेको छ ।
















सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
रास्वपा संसदीय दलको बैठक बस्दै
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया