टोकियो ओलम्पिकः अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो ।
अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कूल ३५ पदक प्राप्त गरेको छ । चीन दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् ।
चीनले १३ स्वर्ण, छ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौं स्थानमा रहेको छ ।
बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कास्यसहित छैटौं, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौं, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौं, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौं तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औं स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् ।
तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन् । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् ।
परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेको थिए ।
टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रबार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछिन् ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया