कर्णाली नदीमा गाडी खस्दा तीनजना घाईते, दुई जना बेपत्ता

कैलाली । कैलालीको कर्णाली नदीमा गाडी खस्दा तीनजना घाईते भएका छन् भने दुई जना बेपत्ता भएका छन् । पाँच जना सवार रहेको उक्त गाडी सडकबाट कर्णाली नदिमा खसेको हो ।
घाईते भएका तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उपचार भइरहेका मध्ये एक जनाको अवस्थाको गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन् । उनले मेरोन्यूजलाई नदीमा खसेको गाडी भेटिएको पनि जानकारी दिएका छन् ।
यस्तै बेपत्ता भएका दुबैजनाको खोजी भइरहेको बताएको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा न. ७ बाँकास्थित चिसापानीदेखी सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २५०/३०० मिटर तल कर्णाली नदिमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा सवार डोटीको आदर्श गाउँपालिकाकाका अन्दाजी ४० का गाडी चालक चन्द्र प्रकाश जोशी र अन्दाजी ३० कि रुवि जोशी बेपत्ता रहेको प्रहरीले जनाएको छ । यस्तै, अन्दाजी ८ वर्षीय लक्ष्मी जोशी, अन्दाजी २ वषका भुवन जोशी र अन्दाजी ६ वर्षीय सावित्री जोशी नेपालगञ्ज मेडिकलेजमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।
जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्न गएका थिए ।
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया