एमाले स्थायी कमिटी बैठक सोमबार पुनः बस्ने
मेरोन्यूज
२०७८ साउन १७ गते १७:२३

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सोमबार पुनः बस्ने भएको छ । आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको बैठकले सोमबार अपरान्ह ३ बजे पुनः बैठक बस्ने निर्णय गरेको छ ।
बैठकमा विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नवीकरण समबन्धमा छलफल भइरहेको छ । तर, आजको बैठकमा यो विषयमा कुनै छलफल नभएको बताइएको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रको सदस्य दाबी गर्दै सर्वोच्च अदालत गएको पूर्व माओवादी नेताहरु पनि सहभागी भएका छन् । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरू सहभागी भएका छैनन् । शनिबार बस्ने भनिएको बैठक नेपाल पक्षको आग्रहमा स्थगित गरिएको थियो ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया