गृह मन्त्री र कर्णाली प्रदेशका मन्त्रीहरूबीच भेट वार्ता

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाँण र कर्णाली प्रदेशका दुई मन्त्रीबीच भेट वार्ता भएको छ । गृह मन्त्रालयमा आइतबार कर्णालीका आन्तरिक मामिला कानुन मन्त्री सीता नेपाली र जलश्रोत तथा उर्जा मन्त्री दिन बन्धु श्रेष्ठले गृह मन्त्री खाँणसँग भेट वार्ता गरेका हुन् ।
भेटमा कर्णाली प्रदेशका मन्त्रीहरूले प्रदेशमा भएका सबै गतिविधिका बारेमा जानकारी गराएका थिए । भेट वार्तामा गृह मन्त्री खाँणलाई कर्णाली प्रदेश र त्यहाँका जनताको विकासमा आफू प्रतिबद्ध रहेको बताएका थिए ।
कर्णाली प्रदेशका लागि आवश्यक कोरोना भाइरस (कोभिड १९) खोपको व्यवस्था र खोप उपलब्ध गराउन मन्त्री खाँणले पहल गरिरहेको बताएका थिए ।
खोप प्रमाणपत्र कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने
सरकारले कोभिड–१९ खोप प्रमाणपत्रहरूको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र९सिसिएमसी० ले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोकिएका चार वटा अस्पतालबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागबाट थप प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरे अनुरूप विभागले नेपालस्थित सबै विदेशी कूटनीतिक नियोगहरूलाई त्यसबारे जानकारी गराएको बताएको छ । साथै, विभागले विदेशस्थित सम्पूर्ण नेपाली नियोगहरूलाई पनि त्यससम्बन्धमा आजै जानकारी गराएको विभागले एक प्रेस विज्ञप्ति जारी गरी आजै जनाएको छ ।
–––

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया