अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली डकुमेन्ट्री उत्कृष्ट

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालको डकुमेन्ट्री ‘सिभिल सोल्जर्स’ले उत्कृष्ट अवार्ड पाएको छ । यस डकुमेन्ट्रीले उत्कृष्ट अवार्ड चुम्दै ५ सय डलर (करिब ६० हजार रुपैयाँ)सहित प्रमाण पत्रहरू पाएको हो ।
डकुमेन्ट्रीमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीमा नेपालका अग्र पंक्ति खटिएका व्यक्तिहरूको कथा समेटिएको छ । गत वैशाख २४ देखि २७ गतेसम्म भर्चुअल माध्यमबाट सम्पन्न भएको फिल्म महोत्सवको आज अवार्ड वितरण भएको हो ।
त्यस्तै, उत्कृष्ट निर्देशन पनि ‘आमा कान्दो’का निर्देशक दोन्डुप टेसरिङलाई प्रदान गरिएको छ । उत्कृष्ट प्यानडामिक डकुमेन्ट्रीतर्फ गणेश पाण्डेद्वारा निर्देशित ‘सिभिल सोल्जर’लाई प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मितर्फ दोन्डुप टेसरिङले निर्देशन गरेको ‘आमा कान्दो’ नामक चललित्रलाई प्रदान गरिएको छ ।
त्यसैगरी, उत्कृष्ट सिनेमाटोग्राफ्रतर्फ सिरिष गुरुङ, उत्कृष्ट लेखक (पुरुष)मा नवीन शिल्पकार र महिलातर्फ करिता गिरिलाई प्रदान गरिएको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले पाँचौँ संस्ककरणको आवेदन खुल्ला गरिएको जानकारी दिनुभयो ।














निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया