सरकारद्वारा माहाकाली नदी घटनाको जानकारी, एसएसबी बारे मौन

काठमाडौं । सरकारले माहाकाली नदीमा भएको घटनाको बारेमा जानकारी गराएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारले माहाकाली नदिको बारेमा मुख खोलेको हो ।
बैठमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले माहाकाली नदीमा भएको घटनालाई सरकारले गम्भर रुपमा लिएको बताएका छन् । साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटका स्थानीय ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।
खाँणले उक्त घटनालाई सरकारले गम्भर रुपमा लिएको बताए पनि एसएसबीको बारेमा भने मौन रहेका थिए । उनले घटनाको छानबिन गर्न गृह मनत्रालयको टोली घटना स्थल गएको पनि बताए ।
उनले भने, ‘दार्चुला जिल्ला व्यास गाउँपालिका २ का जयसिंह धामी तुइन तर्ने बेलामा माहाकाली नदिमा बेपत्ता भएको विषयमा छानविन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली बनाएको छ ।उक्त टोली आज धनगढी पुगिसकेको छ । आवश्यक पर्यो भने टोली हेलिकप्टरमार्फत घटनास्थलसम्म जाने छ ।’
बैठकमा सांसदहरुले महाकाली नदिमा भएको घटनाका विषयमा सरकार किन मौन बसेको भनि प्रश्न गरेका थिए । त्यसको जवाफमा मन्त्री खाँणले नागरिक र सांसदको प्रश्नलाई सरकारले गम्भीर रुपमा लिएको छ ।
तर सरकारले छानबिन समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी केही बोल्न नहुने बताए । यस्तै मन्त्री खाँणले महाकाली नदीमा तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण भइरहेको बताए ।
















प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपाल भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि
इरान–अमेरिका तनावः सयौँ अमेरिकी सैनिक घाइते, मध्यपूर्वमा द्वन्द्व तीव्र
टोटल इनर्जिज र लक्ष्मी ल्युब आयलद्वारा ललितपुरमा टोटल क्वार्ट्ज अटो सर्भिसेजको आउटलेट स्थापना
‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान
दुई सातादेखि हराइरहेका पुरुषकाे शव फेला
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया