सरकारद्वारा माहाकाली नदी घटनाको जानकारी, एसएसबी बारे मौन

काठमाडौं । सरकारले माहाकाली नदीमा भएको घटनाको बारेमा जानकारी गराएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारले माहाकाली नदिको बारेमा मुख खोलेको हो ।
बैठमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले माहाकाली नदीमा भएको घटनालाई सरकारले गम्भर रुपमा लिएको बताएका छन् । साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटका स्थानीय ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।
खाँणले उक्त घटनालाई सरकारले गम्भर रुपमा लिएको बताए पनि एसएसबीको बारेमा भने मौन रहेका थिए । उनले घटनाको छानबिन गर्न गृह मनत्रालयको टोली घटना स्थल गएको पनि बताए ।
उनले भने, ‘दार्चुला जिल्ला व्यास गाउँपालिका २ का जयसिंह धामी तुइन तर्ने बेलामा माहाकाली नदिमा बेपत्ता भएको विषयमा छानविन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली बनाएको छ ।उक्त टोली आज धनगढी पुगिसकेको छ । आवश्यक पर्यो भने टोली हेलिकप्टरमार्फत घटनास्थलसम्म जाने छ ।’
बैठकमा सांसदहरुले महाकाली नदिमा भएको घटनाका विषयमा सरकार किन मौन बसेको भनि प्रश्न गरेका थिए । त्यसको जवाफमा मन्त्री खाँणले नागरिक र सांसदको प्रश्नलाई सरकारले गम्भीर रुपमा लिएको छ ।
तर सरकारले छानबिन समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी केही बोल्न नहुने बताए । यस्तै मन्त्री खाँणले महाकाली नदीमा तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण भइरहेको बताए ।
















Decrease in gold, silver prices
Forty injured in bus mishap on Narayangadh-Muglin road section
बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया