नेपाल पक्षसँगकाे एकतालाई थाती राख्दै ओलीले बनाए ९ विभाग

काठमाडाैं । नेपाल पक्षकाे एकतालाई थाती राख्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ विभाग बनाएका छन् । आज बसेकाे स्थायी कमिटी बैठकबाट उनले विभिन्न ११ विभाग गठन गर्ने निर्णय गराएका हुन् ।
संगठन विभागको प्रमुखमा उपमहासचिव विष्णु पौडेल ताेकिएका छन् । संसदीय विभागको प्रमुखमा दलका उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल रहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आफू मातहत स्कूल विभाग राखेका छन् । विदेश विभाग प्रमुखमा डा राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल रहेका छन् ।
एमाले विधानमा झण्डै २ दजर्न बढी विभाग र आयाेग गठन गर्न सक्ने प्रावधान छ । एमालेकै माधव नेपाल पक्ष एकतामा आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै केही विभागलाई पूर्णता नदिइएकाे प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
‘हामीले केही विभागहरु गठन गरेका छौँ । जसलाई २५ सदस्यीय बनाउन मिल्छ। हामीले सुरुमा थोरै सदस्य राखेर नौवटा विभाग गठन गरेका छौँ’, उनले भने, ‘माधव पक्षका नेताहरू आउनुहुन्छ भनेर हामी कुरिरहेका छौँ। त्यही भएर ठाउँ राखेका हौँ।’
















Decrease in gold, silver prices
Forty injured in bus mishap on Narayangadh-Muglin road section
बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया