अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

काठमाडौं । नेपाली चलचित्र ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनौट भएको छ ।
आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको हो । यो चलचित्र सेप्टेम्बर २६ तारिखमा स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।
‘कठपुतली’ का निर्देशक भिमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली चलचित्र छनौट हुनु नेपाल र नेपाली चलचित्र क्षेत्रका लागि गर्वको कुरा रहेको बताए । अहिले उनी चलचित्रको स्क्रिनिङका लागि अमेरिकामा नै छन् । न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर वान’ मा यो फेस्टिभल आयोजना हुँदैछ ।
काल्पनिक कथामा निर्माण भएको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । अन्य हरर चलचित्रभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्देशक लामा बताउँछन् ।
निर्देशक लामाले यसअघि लघु चलचित्रबाट विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर चलचित्रमा डेब्यू गरेका हुन् ।
‘यो चलचित्र हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर चलचित्र मेरो रोजाइको विषय हो र यो चलचित्र मेरो ड्रिम प्रोजेक्ट हो ।’ चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो । यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् ।










मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया