अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा ‘कठपुतली’ छनौट

काठमाडौं । नेपाली चलचित्र ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनौट भएको छ ।
आउँदो सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनौट भएको हो । यो चलचित्र सेप्टेम्बर २६ तारिखमा स्क्रिनिङ हुने ‘विन्टर फिल्म अवार्ड’ को वेबसाइटमा उल्लेख छ ।
‘कठपुतली’ का निर्देशक भिमसेन लामाले संसारकै प्रतिष्ठित फेस्टिभलमा नेपाली चलचित्र छनौट हुनु नेपाल र नेपाली चलचित्र क्षेत्रका लागि गर्वको कुरा रहेको बताए । अहिले उनी चलचित्रको स्क्रिनिङका लागि अमेरिकामा नै छन् । न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर वान’ मा यो फेस्टिभल आयोजना हुँदैछ ।
काल्पनिक कथामा निर्माण भएको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता पृथ्वी राना मगर हुन् भने सह निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । अन्य हरर चलचित्रभन्दा ‘कठपुतली’ भिन्न रहेको निर्देशक लामा बताउँछन् ।
निर्देशक लामाले यसअघि लघु चलचित्रबाट विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड जितिसकेका छन् । उनले ‘कठपुतली’ बाट फिचर चलचित्रमा डेब्यू गरेका हुन् ।
‘यो चलचित्र हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्,’ उनी भन्छन्, ‘हरर चलचित्र मेरो रोजाइको विषय हो र यो चलचित्र मेरो ड्रिम प्रोजेक्ट हो ।’ चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो । यो चलचित्रलाई सम्पदा मल्लले लेखेकी हुन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया