महाधिवेशन अनिश्चित हुन थालेपछि नेताहरु गुट भेलामा
कांग्रेस नेताहरु भन्छन् – क्रियाशील विवाद देखाएर महाधिवेशन सार्न हुँदैन

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउन २९ दिन बाँकी छ । तर महाधिवेशन नजिकिदै गर्दा क्रियाशील सदस्यताको विवाद भने अझै सुल्झेको छैन् । क्रियाशील सदस्यता छानविन गर्न कांग्रेसले रमेश लेखकको नेतृत्वमा समिति बनाएको थियो । उक्त छानविन समितिले सिन्धुपाल्चोक, रसुवा, धनुषा–४, सर्लाही–२, बारा र सप्तरीको क्रियाशील सदस्यताको विवाद छानविन समितिले टुंगो लगाउन सकेन ।
बारा र सप्तरीमा नयाँ क्रियाशील वितरण स्थगित छ । सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवाका केही क्षेत्रमा क्रियाशीलबारे अझै विवाद छ ।
यी क्रियाशील विवाद रहेका निवार्चन क्षेत्रमा छानविन समितिले समस्या समाधान गर्न नसकेपछि उक्त विवाद समाधानको जिम्मा पार्टीका शिर्ष नेताहरुले लिएका छन् ।
शीर्ष नेताहरूले नयाँ मापदण्ड बनाउन गरी तयारी समेत गरेका छन् । शिर्ष नेताले लिएको समय भोली सकिदैछ । आफै विवाद मिलाउने जिम्मा लिएका शीर्ष नेताहरुमा प्रधानमन्त्री शेरवहादुर देउवा सरकारको नीति कार्यक्रम, मन्त्रीपरिषद् विस्तारमा गठबन्धन दलहरुसँगको छलफलमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलहरु समुहगत गुटवन्दीमै छन् । मंगलवार मात्रै पनि प्रकाशमान सिंह निवासमा पौडेलपक्षको बैठक छ ।
यसअघि पनि अधिवेशनहरूमा विवाद हुँदा पुरानै क्रियाशीलबाट अधिवेशन गराएको नजिर कांग्रेस भित्र देखिन्छ । तर के गर्ने भन्नेमा कांग्रेस नेताहरू सहमतिमा पुगेका छैनन् । पुरानै क्रियाशीलबाट नयाँ अधिवेशन गर्दा विधानअनुसार समावेशी बनाउन नसकिने तर्क पनि आउन थालेका छन् । केन्द्रिय महाधिवेशन भदौ १६–१९ मा तोकिएको छ । तर साउन १२ मा हुने पर्ने वडा र १६ मा हुनुपर्ने गाउँ तथा नगर कमिटीको अधिवेशन हुन नसक्दा केन्द्रिय महाधिवेशन अनिश्चित बनेको छ । तर क्रियाशील सदस्यताकै कारण महाधिवेशन अनिश्चित बनेको आरोप गलत भएको छानबिन समितिका सदस्यहरु बताउँछन् ।
समिति प्रवक्ता प्रदिप पौडेलले एक सय वडामा क्रियाशील विवाद रहेको तर यही विवादलाई देखाएर महाधिवेशन र अनिश्चित बनाउँन नहुने बताउँछन् । उनले क्रियाशील विवाद देखिएका निर्वाचन क्षेत्रमा करिब २० हजार क्रियाशील सदस्य महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट बञ्चित हुने देखिएको बताए । उनले भने,‘यही क्रियाशील विवाद देखाएर महाधिवेशन नै अनिश्चित बनाउनु बहाना मात्रै हो ।’
१३ औँ महाधिवेशनमा ४ लाख ९ हजार ३३ जना क्रियाशील सदस्य थिए, यसपटक ८ लाख ५२ हजार ७११ जना रहेका छन् ।
क्रियाशील छानबिन समितिका सस्यद कल्याण गुरुङ्का अनुसार केन्द्रिय क्रियाशील छानबिन समितिले पार्टीका सभापतिलाई प्रतिवेदन बुझाइसकेको बैधानिक रुपमा सकिएको छ । छानबिन समितिले पार्टी सभापतिलाई बुझाएको प्रतिवेदन केन्द्रिय निवार्चन समितिलाई बुझाउँने र केन्द्रिय निवार्चन समितिले आफुले प्राप्त गरेको नविकरण क्रियाशील सदस्यहरु र नयाँ क्रियाशील सदस्यको वेबसाईडमा प्रकाशन गर्ने गर्नुपर्छ ।
उनले भने, “क्रियाशील सदस्य नै महाधिवेशनका मतदाता हुन्, महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर भदौँ १६ गतेबाट पार्टीको १४ औँ महाधिवेशन हुने गरी कार्यतालिका सार्वजनिक गर्ने गर्नुपर्छ ।” उनका अनुसार यदि तोकिएकै मितिमा केन्द्रिय महाधिवेशन गर्ने हो भने साउनको २९ गतेबाट वडा स्तरको अधिबेशन गरेमा पनि भदौँ १६ गते केन्द्रिय महाधिवेशन गर्न सकिन्छ , यो असम्भव भने नै छैन।
शनिवार प्रकाशमान सिंह निवासमा बसेको नेतात्रयको छलफलले भदौंमा महाधिवेशन नभए कांग्रेसमा संवैधानिक संकट निम्तने निश्कर्ष निकालेको थियो । उक्त छलफलले भदौं पछाडि जाँदा संवैधानिक संकट आएर कांग्रेसकै अस्तित्वमाथि प्रश्न उठ्न सक्नेतर्फ पनि विचार गर्नु जरुरी रहेको निश्कर्ष निकालेका थिए ।
सभापति देउवानिकट एक पदाधिकारीका भन्छन्,-‘अब भदौँ तोकिएको मितिमा महाधिवेशन सम्भव छैन् । निवार्चन समितिजे ५३ दिनको समयको आवश्यक रहने भनेको छ ।’ तर सभापति देउवाले भदौ १६ मा आफू महाधिवेशन उद्घाटन गर्न तयार रहेको अडान दोहो¥याइरहेका छन् ।
छानविन समितिका सदस्य श्याम घिमिरेले क्रियाशील सदस्यकै कारण नै महाधिवेशन सार्नुपर्ने अवस्था नरहेको बताए । उनले भने,“क्रियाशील सदस्यता विवादकै कारण महाधिवेशन रोकियो भन्नु गलत हो ।”
उनका अनुसार १३ औँ महाधिवेनमा ३३ निर्वाचन क्षेत्रमा विवाद हुदाँ ति क्षेत्र छोडेर महाधिवेशन गरिएको थियो । उनले भने,– ‘विवाद भएको ठाउँमा नयाँको हकमा स्थगन गर्ने वित्तिकै बढी दश वटा निर्वाचन क्षेत्रमा विवाद बाँकी रहला । तर क्रियाशील सदस्यले नै महाधिवेशन गर्न नसकिने भन्नु हुदैन् ।’
उनका अनुसार महाधिवेशन तोकिएको मितिबाट धकिल्नुमा अन्य विविध कारण समस्या पनि रहेका छन् । कोरोनाको दर बढ्दो छ,लकडाउनको हुन थालेको छ । निवार्चन समितिले मागेको समय ५३ दिन छ त्यो समय पनि घकिदो छ । अझै हामीले निर्वाचन निर्देशिका नै तयार पारेका छैनौँ । उक्त निर्देशिका केन्द्रिय समितिबाट पारित हुनुपर्छ । निवार्चन समितिले पनि चार वटा अधिवेन सक्नुपर्छ । यस्ता विषयले बरु महाधिवेन तोकिएको समयमा हुन कठिन देखिन्छ ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम भएको भए नेपाली कांग्रेस यतिबेला अधिवेशनको मुडमा हुन्थ्यो । वडा र गाउँ तथा नगर कमिटी चयन अधिवेन सकिएर केन्द्रीय महाधिवेशनको तयारीमा हुन्थ्यो । कांग्रेस विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्छ । तर विशेष परिस्थितिमा सभापतिले एक वर्ष विधानअनुसार म्याद थप गर्न पाउँने व्यवस्था रहेको छ । तर सभापति शेरबहादुर देउवाले विधानको एक वर्ष र संविधानअनुसार छ महिना थप गरिसकेका छन् । थपेको समय भदौ २३ मा सकिँदैछ । त्यसपछि कांग्रेसमा संवैधानिक संकट परेका छ ।
महाधिवेशन अनिश्चित हुन थालेपछि नेताहरु गुट भेलामा
पार्टीको क्रियाशिल सदस्यता विवाद छिनोफानो नै नहुादा महाधिवेशन अन्यौलमा छ । नेताहरु भने गुट भेलामा ब्यस्त हुन थालेका छन् । काग्रेसका नेता प्रकाशमान सिंहको चाक्सीवारी स्थित निवासमा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक वस्न लागेको छ । क्रियाशिसल सदस्यता विवाद, महाधिवेशन र सरकारमा आफ्नो पक्षको सहभागिता लगायतका विषयमा छलफल गर्न अहिले पौडेल पक्षको बैठक बस्न लागेको हो ।
उता अनुपम फुडल्यान्डमा युवा नेताहरुले समयमै महाधिवेशनका लागि दवाव वढाउने उदेश्यले छलफल गरेका छन् । युवा विद्यार्थीका प्रभावशाली नेताहरुले पार्टी नेतृत्वको ध्यानाकषर्ण गराउने उदेश्यले भेला आयोजना गरेका हुन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

















शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया