एमाले नेता खनालको मिर्गौला प्रत्यारोपण

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी गराएका छन् । भट्टराईले सामाजिक सञ्जाल मार्फत खनालको स्वास्थ्य अवस्था सम्बन्धि जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, “केही समययता भारतको ओपोलो अस्पतालमा मिर्गौला रोग विशेषज्ञ डा. अखिल मिश्रको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार भइरहेको थियो । आज सर्जन सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले पूर्वप्रधानमन्त्रीज्यूको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ ।”
भट्टराईका अनुसार खनाल केही समय अस्पतालमै आराम गरेपछि स्वदेश फर्कने छन् ।

















पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया