मेरोन्यूज समाचार प्रभाव : प्रहरी तालिम केन्द्र सार्ने निर्णयविरुद्ध पुर्वआइजीपीहरु मैदानमा

काठमाडौं । महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान (तालिम केन्द्र) सार्ने तत्कालिन केपी ओली सरकारको निर्णयबारे मेरोन्युज डटकममा आएको समाचारले राष्ट्रिय बहस सृजना गरेको छ ।
१२ साउनमा मेरोन्युजमा ‘प्रहरी तालिम केन्द्र सार्ने ओली सरकारको विवादास्पद निर्णय के देउवाले सच्याउलान् ?’ भन्ने शिर्षकको समाचारपछि बहालवाला र पूर्व प्रहरीभित्र त्यसले तरंग सृजना गरेको थियो ।
सोही तरंगको प्रभावस्वरुप आज बुधबार नेपाल प्रहरीका १४ जना पुर्वआईजीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष तालिमकेन्द्र सार्ने निर्णय रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । गत २०७५ साल भदौ २१ गते तात्कालिन ओली नेतृत्वको मन्त्रीपरिषद्ले महाराजगञ्जस्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान (शिक्षालय) काभ्रे जिल्लाको पनौतीमा सार्ने निर्णय गरेको थियो ।
यो पनि: प्रहरी तालिम केन्द्र सार्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीलाई १४ पूर्वआइजीपीको ज्ञापन पत्र
शितल निवास विस्तारका लागि सार्न खोजिएको उक्त निर्णयप्रति पुर्व प्रहरीहरु र सरोकारवालाहरुले निर्णयलगत्तै विरोध गरेका थिए । तर निर्णय भएको ३ वर्ष वित्दा समेत सरकारले केही कदम नचाल्ने र वदर गर्ने निर्णय समेत नगर्दा उक्त निर्णय ओझेलमा परेको थियो तर मेरोन्युजले समाचार प्रकाशन गरेपछि उक्त निर्णय अहिले पुनः वहसमा तानिएको छ ।
यस्तो थियो मेरोन्यूजले प्रकाशित गरेको समाचार : प्रहरी तालिम केन्द्र सार्ने ओली सरकारको विवादास्पद निर्णय के देउवाले सच्याउलान् ?
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया