मेरोन्यूज समाचार प्रभाव : प्रहरी तालिम केन्द्र सार्ने निर्णयविरुद्ध पुर्वआइजीपीहरु मैदानमा

काठमाडौं । महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान (तालिम केन्द्र) सार्ने तत्कालिन केपी ओली सरकारको निर्णयबारे मेरोन्युज डटकममा आएको समाचारले राष्ट्रिय बहस सृजना गरेको छ ।
१२ साउनमा मेरोन्युजमा ‘प्रहरी तालिम केन्द्र सार्ने ओली सरकारको विवादास्पद निर्णय के देउवाले सच्याउलान् ?’ भन्ने शिर्षकको समाचारपछि बहालवाला र पूर्व प्रहरीभित्र त्यसले तरंग सृजना गरेको थियो ।
सोही तरंगको प्रभावस्वरुप आज बुधबार नेपाल प्रहरीका १४ जना पुर्वआईजीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष तालिमकेन्द्र सार्ने निर्णय रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । गत २०७५ साल भदौ २१ गते तात्कालिन ओली नेतृत्वको मन्त्रीपरिषद्ले महाराजगञ्जस्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान (शिक्षालय) काभ्रे जिल्लाको पनौतीमा सार्ने निर्णय गरेको थियो ।
यो पनि: प्रहरी तालिम केन्द्र सार्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीलाई १४ पूर्वआइजीपीको ज्ञापन पत्र
शितल निवास विस्तारका लागि सार्न खोजिएको उक्त निर्णयप्रति पुर्व प्रहरीहरु र सरोकारवालाहरुले निर्णयलगत्तै विरोध गरेका थिए । तर निर्णय भएको ३ वर्ष वित्दा समेत सरकारले केही कदम नचाल्ने र वदर गर्ने निर्णय समेत नगर्दा उक्त निर्णय ओझेलमा परेको थियो तर मेरोन्युजले समाचार प्रकाशन गरेपछि उक्त निर्णय अहिले पुनः वहसमा तानिएको छ ।
यस्तो थियो मेरोन्यूजले प्रकाशित गरेको समाचार : प्रहरी तालिम केन्द्र सार्ने ओली सरकारको विवादास्पद निर्णय के देउवाले सच्याउलान् ?
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया