तीन दिनभित्र क्रियाशील सदस्यता विवाद टुंगाउने कांग्रेसको सहमति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले तीन दिनभित्र क्रियाशील सदस्यताको विवाद टुंगो लगाउने सहमति गरेका छन् । बुधबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र टुंगो लगाउने सहमति गरेका हुन् ।
क्रियाशील सदस्यता विवाद टुंग्याउन बसेको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सह महामन्त्री डा. प्रकाशशरण महत, नेता डा. मिनेन्द्र रिजाल र क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखक सहभागि थिए ।
क्रियाशील सदस्यताको विवाद तीन दिनभित्र टुंगो लगाउने सहमति भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बताएका छन् । उनले अरू पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूको सम्बन्धमा कांग्रेसको क्रियाशील सदस्यता कसरी दिने भन्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको बताए । क्रियाशील सदस्यताको विवाद मिलाउन शिर्ष नेताहरुले ५ दि नको समय लिएका थिए । तर सदस्यता विवाद मिलाउन नसकेपछि फेरि समय लिएका छन् ।
गत साउन १४ गते बसेको कांग्रेस पदाधिकारी बैठकले ५ दिनभित्र क्रियाशील विवाद टुंग्याएर नयाँ महाधिवेशन कार्यतालिका बनाउने सहमति गरेको थियो । तर, क्रियाशील सदस्यताको विवाद टुंगिन नसकेपछि कांग्रेस महाधिवेशन अनिश्चित बनेको छ ।
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया