कम्युनिस्टले महँगोमा लालपूर्जा दिने योजना बनाए, हामी सस्तैमा दिन्छौं : एनपी साउद

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कम्युनिस्टहरुले सत्ताबाट बाहिरिसकेपछि लालपूर्जा बाँड्नै भ्रम फैलाइरहेको बताएका छन् । कञ्चनपुरको झलारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साँउदले कम्युनिस्टहरुले बिक्री मूल्यभन्दा पनि महँगोमा जग्गा वितरण गर्ने र पार्टीलाई पोस्ने योजना बनाएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘कम्युनिस्टहरुले सत्तामा हुँदा साढे तीन वर्षसम्म केही पनि गरेनन् । तर, सत्तामा टिक्नै नसक्ने अवस्था भएपछि लालपूर्जा बाँड्नै हल्ला गरे र आयोग गठन गरे । विगतमा हामीले बनाएका आयोग पनि कम्युनिस्ट आएपछि खारेज गरेकै हुन् । आज हामीले पनि उक्त आयोग खारेज गर्ने निर्णय गरेका छौं । फरक यत्ति हो कि कम्युनिस्टहरुले ५० औं वर्षदेखि भोगचलन गरेको जग्गालाई बिक्री मूल्यभन्दा पनि महँगोमा नापजाँच गर्ने र पार्टी पोस्ने रणनीति बनाएका थिए ।’
कांग्रेस नेतृत्वको सरकारले उक्त रणनीतिलाई असफल पार्दै जग्गाको सही मूल्यांकन गरेर सस्तोमा जग्गा उपलब्ध गराउने नेता साउदले बताए । उनले भने, ‘जनताको जग्गा जनतालाई बाँडेर पार्टीलाई पोस्ने काम असफल भएपछि केहीले विरोध गरिरहेका छन् । कांग्रेस नेतृत्वको सरकारले अब चाँडै सुकुम्बासी आयोग बनाएर सस्तोमा जग्गा वितरण गर्नेछन ।’
आरक्षको समस्या आफूले नै सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री हुँदा समाधानको तहमा काम गरेको र केहीलाई पैसासमेत वितरण गरेर टुग्याइएको बताए । उनले भने, ‘यो समस्या धेरै हदसम्म समाधानको तहमा पुगाएका थियौं । तर, केहीलाई जग्गा खोजेर उपलब्ध गराउने र पैसा वितरणको गराउन बाँकी रहँदा सरकार परिवर्तन भयो र त्यो काम कम्युनिस्ट सरकारले अलपत्र पार्यो । साढे तीन वर्षसम्म एकजना आरक्ष पीडितलाई पनि जग्गा उपलब्ध गराउन नसकेको कम्युनिस्ट सरकारले अहिले सत्ताबाट बाहिरिएपछि भ्रम फैलाइरहेको छ ।’
उनले थपे, ‘साढे तीन वर्षसम्म कुनै आरक्षपीडितले जग्गा पायो रु अनि अहिले जग्गा दिने भनेर हल्ला गरिरहेका छन् । एक पुर्जा नदिने अनि कुरा ठूलो गर्ने रु यस कुरालाई कांग्रेस साथीहरुले नागरिक तहमा बुझाउन आवश्यक छ । यो समस्या समाधान गर्न कांग्रेस तयार छ । समस्या समाधान गछौं, गराउँछौं ।’
उनले सुकुम्बासी आयोग गठन गर्ने कुरामा ढिलाइ नगरिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
















HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया