एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, आगामी रणनीति तय गर्ने

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।
पछिल्लो समसामयिक विषयमा छलफल गर्न सो समूहले केन्द्रीय किमटी बैठक बोलाएको हो । बुद्वनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीभित्रको अन्तरसंघर्षका विषयमा छलफल हुने सो समूहका एक नेताले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको खनाल–नेपाल समूहले समानान्तर गतिविधी सञ्चालन गर्दै आएको छ ।
ओली एकलौटी र मनोमानी तरिकाले अघि बढेको भन्दै सो समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारमा समर्थन समेत गरेको छ ।
खनाल–नेपाल समूहले देउवालाई समर्थन गरेपछि एमालेको सरकार विस्थापित भएको थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन भएपनि अझै उक्त सरकारले पूर्णता पाउन सकेको छैन ।
सत्ता गठवन्धन दलले खनाल–नेपाल समूहलाई पनि सरकारमा सहभागि गराउन प्रयास जारी राखेको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुने ती नेताले बताए ।
खनाल–नेपाल समुहभित्र पनि दुई धार देखिएको छ । एउटा पक्षले पार्टी एकता गरेर अघि बढ्नुपर्ने निष्कर्षमा छ भने अर्को पक्ष नयाँ पार्टी दर्ता गरेर कम्युनिष्ट एकता गर्नुपर्ने पक्षमा छ ।
नयाँ पार्टी दर्ता गर्नुपर्ने पक्षले भने नेतृत्वलाई सिद्धान्त र आदर्श मिल्ने कम्युनिष्ट पार्टीहरुसँग एकता गर्न सकिने सुझाव दिएको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया