कति कैदीबन्दीले पाए कोरोनाविरुद्धको खोप ?

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९)बाट थिलिथिलोमा परेको नेपालसहितका सबैजसो राष्ट्रहरु उकासिन थालेका छन् ।
कोरोना नियन्त्रणका लागि नेपालमा निषेधाज्ञा आदेश जारी गरिएको थियो । निषेधाज्ञाले देशको आर्थिक अर्थतन्त्रसहित आम नागरिकको जीवन कष्टकर भएको थियो । चिकित्सकहरुका अनुसार कोरोना नियन्त्रणको एउटै उपाए कोरोनाविरुद्धको खोप हो ।
चिकित्सकहरुको दाबी अनुसार देशभर कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम निरन्तर चाली रहेको छ । देशका विभिन्न निकाय र तह–तप्काका व्यक्तिहरुले कोरोनाविरुद्धको खोप लगाई रहेका छन् ।
१८ वर्षभन्दा बढी उमेर समुहका व्यक्तिहरुले कोरोना खोप लगाई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न स्वास्थ्य केन्द्र, पालिका कार्यलय, वडा कार्यालय, अस्पताल लगायतका क्षेत्रहरुलाई खोप केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाउने गरिएको छ ।
नेपालमा हालसम्म विभिन्न मुलुकबाट करिब ८७ लाख ८२ हजार मात्रा कोरोनाविरुद्धको खोप भित्रिएको छ । जसमध्ये ६० लाख खोप सरकारले खरिद गरेको छ । खरिद गरिएकामध्ये १० लाख खोप अझै आउँन बाँकी छ । यस्तै ३७ लाख ८२ हजार खोप अनुदानमा प्राप्त भएका छन् ।
नेपालमा कोभिसिल, भेरोसेल र जोन्सन एण्ड जोन्सन गरी तीन प्रकारका खोपहरु नियमीत रुपमा दिइरहेको छ । देशका अधिकांस नागरीकले खोप लगाएका छन् भने लगाउने कार्यक्रम पनि चलिरहेको छ । तर महामारीमा जुधिरहेका विभिन्न कारागारका कैदीबन्दीहरुले खोप लगाए की लगाएनन् ? भन्ने जनसरोकारको विषय बनेको छ ।
२० हजार बढीले खोप लगाए
नेपालमा कोरोनाको पहिलो सकिए लगतै दास्रो लहरले सुरु भयो । दोस्रो लहर सकिन नपाउदै तेस्रो लहरसमेत प्रवेश गर्न लागेको स्वास्थ्यविज्ञले बताएका छन् । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञा आदेश खुकुलो गरिएसँगै तेस्रो लहर आउने स्वास्थ्यविज्ञले बताइ रहेका छन् । देशभर कोरोनाविरुद्धको खोप कार्यक्राम चलिरहेको छ । तर अपराध वा विभिन्न मुद्धामा पक्राउ परेर अदालतको फैसलाबाट कारावास जिवन भोगीरहेका कैदीबन्दीहरुले खोप पाईरहेको छ त ? एउटा जिज्ञासाको विषय बनेको छ ।
देशका विभिन्न स्थानहरुमा रहेका कारागारहरुमा रहेका जम्मा कैदीबन्दीहरु मध्य २० हजार ४ सय ४३ जनाले पहिलो चरणको खोप लगाएका छन् । १९ हजार ९ सय १० जनाले दुवै डोज खोप लगाएका छन् । यस्तै ५ सय ३३ जनाले दोस्रो चरणको खोप लगाउन बाकीँ छ ।
२४ हजार ४ सय २९ जना कैदीबन्दी मध्ये २० हजार ४ सय ४३ जनाले पहिलो चरणको खोप लगाएका छन् । १९ हजार ९ सय १० जनाले दुवै डोज खोप लगाएका छन् भने ५ सय ३३ जनाले दोस्रो चरणको खोप लगाउन बाकीँ रहेको कारागार व्यवस्थापन विभागका बन्दी व्यवस्थापन शाखाका शाखा अधिकृत सन्तोष लामीछानेले मेरोन्युजलाई जानकारी दिए । उनले भने, ‘जेठसम्म देशभर १३ हजार ४ सय ६४ कैदी र १० हजार ९ सय ६५ गरी जम्मा २४ हजार ४ सय २९ जना कैदीबन्दीहरु छन्, उनिहरुमध्य ५ सय ३३ जनाले दोस्रो चरणको लगाउन बाकीँ छ ।’
कैदीबन्दीहरुले कुन खोप लगाउछन् ?
कैदीबन्दीहरुले भारतबाट ल्याईएको कोभिसिल र चाईनाबाट ल्याईएको भेरोसेल खोप लगाउँदै आएको कारागार व्यवस्थापन विभागका बन्दी व्यवस्थापन शाखाका शाखाअधिकृत लामिछानेले बताए । ‘अहिले कोभिसिल र भेरोसेल मात्रै लगाएका छौं । जोनसोन एण्ड जोनसोन लगाउने कुरो पनि छ, सहज रुपमा नै लाउने गरेका छौं । सरकारको सहयोगमा नै अनुदानमा आएको खोपको कैदीबन्दीहरुले उचित रुपमा सदुपयोग गरेका छौँ ।’
कसरी लगाउछन् खोप ?
देशभर ७४ कारागारहरु छन् । ७४ कारागार मध्येका ३ कारागारमा कैदीबन्दी छैनन् भने ७१ कारागारमा २४ हजार ४ सय २९ जना कैदीबन्दीहरु छन् । उक्त कैदीबन्दीहरुलाई कारागार भित्रै राखेर कोरोनाविरुद्धको खोप लगाउने गरेको लामिछानेले बताए ।
महामारीकै बिच सरकारले २० हजारभन्दा बढी कैदीबन्दीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराई सकेको छ । तर उनिहरुले कसरी खोपलगाउछन् ? भन्ने मेरोन्युजको प्रश्नमा लामीछानेले भने, ‘हामीले देशभरका कारागारहरुमा खोप कार्यक्रम लागु गरेका छौँ । कारागार भित्रकै स्वास्थ्य ईकाईहरुले कैदीबन्दीहरुलाई खोप लगाउने गरेको छ । कारागार रहेको जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर खोप लगाउने गरेका छांै । खोप लगाउनको लागि जबरजस्ती गर्दैनौ, ईच्छा अनुसार खोप लगाउने गरेका छौँ ।’
विदेशी कैदीबन्दीले खोप पाउँछन् ?
नेपालका कारागारमा स्वादेशी मात्र कैदीबन्दीहरु छैनन्, विदेशी नागरीकहरु समेत छन् । नेपालमा मुलतः भारत, भुटान, पाकिस्तान, बंगलादेश, अस्टे«लिया लगायतका विश्वका विभिन्न राष्ट्रका कैदीबन्दीहरु रहेको पाईन्छ । विदेशी नागरीकहरुले खोप लगाउन पाउँछन् की पाउँदैनन् ? प्रश्नमा कारागार व्यवस्थापन विभागका बन्दी व्यवस्थापन शाखाका शाखा अधिकृत लामीछानेले थपे, ‘स्वदेशी होस् या विदेशी सबैलाई कुनै भेदभाव विना नै हामीले खोप वितरण गरेका छौ, जहाँसम्म कुरो छ हामीले कारागारमा रहेको सबै जसो कैदीबन्दीहरलाई खोप वितरण गराएका छौ, ईच्छा अनुसार लगाउने प्रचलन छ, जबरजस्ती तैले लगाउनै पर्छ र तैले लगाउनु हुन्न भन्ने छैन तर कैदीबन्दीको स्वास्थ्य अवस्थालाई हेरेर सबैलाई खोप वितरण गरेका छौँ ।’
कोरोनाको महामारीबाट ०७८ वैशाख मसान्तसम्म ७२ जना कैदीमा कोरोना पुष्टि भएको थियो । जिल्ला कारागार ईलाममा १ जना कैदीबन्दीको मृत्यु भएको थियो । हाल सबै कैदीबन्दीहरु कोरोना मुक्त रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया