आइतबार, चैत १५, २०८२

यस्तो बन्दै संघीय संसद् भवन (तस्वीरहरू)

मेरोन्यूज २०७८ साउन २२ गते १६:१६

काठमाडौँ । निर्माणाधीन संसद् भवनको आज सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरेका छन् । निर्माणाधीन भवनको अवलोकनपछि सभामुख सापकोटाले संसद् भवनको निर्माण कार्यप्रति आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

Advertisement
nepal life insurencenepal life insurence

अवलोकनका क्रममा विशेष भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले आयोजनाको हालसम्मका प्रगतिबारे जानकारी गराएका थिए । सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ । विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन आग्रह गर्दै सभामुख सापकोटाले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए । ‘दुई वर्षभित्र निर्माण गर्नुपर्ने अवस्था छ, हामीले तीव्र गतिमा काम गर्यौँ भने तोकिएभन्दा चाँडो काम सक्न सक्छौँ,’ उनले भने, ‘मेरोतर्फबाट गर्नु पर्ने सबै समन्वयको काम गर्छु, संसद् सचिवालयका तर्फबाट आवश्यक सहयोग पनि यहाँहरुले पाउनु हुनेछ ।’

संसद् सचिवालयका तर्फबाट टोली बनाएर निर्माणमा सहजीकरण गर्ने सभामुख सापकोटाले बताए । उनले कामको रफ्तार बढाउन पनि आयोजनासँग आग्रह गरे । सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनु पर्ने छ ।

तस्वीर : सभामुख अग्नि सापकोटाको सचिवालयबाट

प्रतिक्रिया