व्यास नगरपालिकाद्वारा चार कार्यविधि पारित

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आवश्यक देखिएका चारवटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको नियमित बैठकले चार कार्यविधि पारित गरेको कार्यालयका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
व्यास नगर समता आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका कोभिड व्यवस्थापन अस्पताल सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७८ र व्यास नगर कृषि उपकरण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७८ पारित गरेको हो ।
त्यसैगरी व्यास नगरपालिकाअन्तर्गत अत्यावश्यक चार विषयमा तत्काल बोलपत्र आह्वान प्रक्रिया अघि बढाउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
२५ लाखभित्र रहने गरी विपद् व्यवस्थापनअन्तर्गत तार जाली खरिद गर्ने, व्यास नगर कोभिड व्यवस्थापनका लागि २५ शैय्याको अस्पताल भवन निर्माण गर्ने निर्णय भएको सूचना अधिकृत पण्डितले बताए ।
यसैगरी व्यास नगरपालिकाअन्तर्गत बहुउद्देश्यीय भवन र दक्षिण पूर्वतर्फ रहेको आरसिसी भवनको छतमा कार्यालय व्यवस्थापनका लागि ट्रस निर्माण, कृषि एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिकाअन्तर्गत नगरसभाबाट पारित सङ्गठन व्यवस्थापन संरचनामा विशेष नगरसभाबाट अनुमोदन गर्ने गरी संशोधन गरी हाल सात शाखा रहेकोमा नौ शाखा कायम गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिकाभित्रका माध्यमिक, आधारभूत र प्रावि शिक्षकको दरबन्दी मिलान गर्दै केहि शिक्षकको काज सरुवा गर्ने निर्णय गरिएको छ ।
व्यास नगरपालिकाभित्रका विद्यालयमा भौतिक दूरी कायम गर्दै २०७८ साउन मसान्तभित्र नियमानुसारका अभिभावकबाट व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
निषेधाज्ञा अवधि २०७८ साउन मसान्तसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न सबै सामुदायिक एवं संस्थागत विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
विपदबाट असर पुगेका, घर गुमाएका लाभग्राहीको विवरण सङ्कलन गरी समितिबाट निर्णय गराई नगर विपद् समितिमा पेश गर्न सम्बन्धित वडा विपद् समितिलाई निर्देशन दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अवस्था देखिँदा सबै वडामा आवश्यकताअनुसार सङ्क्रमण परीक्षण अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या शाखालाई र सबै वडा समिति र स्वास्थ्यकर्मी एवं स्वास्थ्य स्वयमंसेवीलाई सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
यसैगरी, सम्पूर्ण नगरवासीमा मास्क अनिवार्यरुपमा प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, लापर्वाहीपूर्वक बाहिर नजान अनुरोध गर्ने निर्णय गरेको छ भने पिसिआर प्रयोगशाला जडान भइसकेकाले जनशक्ति व्यवस्थापन हुनासाथ सञ्चालन गर्ने निर्णय गरेको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया