दिपकराज गिरीको सहयोगमा म यसरी अभिनयमा लागेँ

प्रोडुसर अनि कलाकार हुन् केशव न्यौपाने । कोभिड लकडाउनले सिंगो सिनेमा आक्रान्त बनाउँदा कलाकार न्यौपाने नयाँ योजनामा लाग्न सकेनन् । कारण, सिने क्षेत्र पनि करिब ठप्प जस्तै भएकाले । २ वर्षदेखि केही काम हुन सकेन । रेडियो कान्तिपुरमा नो टेन्सन कार्यक्रम चलाइरहेका उनी पछिल्लो समय केही म्युजिक भिडियोमा काम गरिरहेका छन् ।
दिपक दाइको संगतले कलाकार बनेँ
कलाकार बन्ने रहरले नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ । रहरले सबै काम हुन सक्दैन । पहिला पहिला फिल्म क्षेत्रमा पैसा थिएन । अहिले मोलमोलाई हुन थालेको छ । केही आर्थिक प्रगति नभएकाले पनि फिल्म लाइनबाट बलियो हुन पाएका छन् । राम्रो काम गर्दा अवसर थुप्रै हुन्छ । कलाकारहरू एकदमै स्टायण्डर तरिकाले हिँडेका छन् । त्यो पेशागत बलियो हो । पहिला पहिला पर्दामा अनुहार देखाउने रहर सबैलाई हुन्थ्यो । अनुहार देखाउँदा ओहो तेरो अनुहार यो च्यानलमा हेरेँ नि, भन्ने होलान् भन्ने हुन्थ्यो । अहिले पेशागत परिवर्तनसँगै बलियो अवस्थामा पुगेका छौँ खुसी लाग्छ ।
२०६२/६३ सालमा रेडियो नेपालमा दिपक दाइ र दीपा श्री दिदीको सहजतामा पर्दामा देखिन थाले । म पनि गाई जात्रा हेर्दा हेर्दै यो लाइनमा छिरेको हो । गाइजात्रा राष्ट्रिय सभा गृहमा हुने बेलामा दिपक राज गिरी (दिपक दाइ)सँग मेरो भेट भयो । मेरो परिवार, नाता गोता कोही पनि कला क्षेत्रमा आएका छैनन् । तर मेरो इच्छा भएकाले दिपक दाइलाइ केही सम्भावनाको बाटो खोलिदिन आग्रह गरे । दिपक दाइ तितो सत्य पनि हेर्छु मैले भन्दै प्रशंसा गरे मैले । मेरो पनि पर्दामा खेल्ने इच्छा छ भन्दै अवसरको माग गरेँ ।
दाइले आफ्नो सेल नम्बर दिनुभो । मैले फ्लो गरे । मलाई तितोसत्यमा छिराउनु भयो । दाइले कान्तिपुर एफ एममा नो टेन्सनमा सहभागी गराउनु भयो । तितोसत्य, यातनाबाट सबैमा चिनिन थाले । म काठमाडौं बसेर एउटा अफिसमा काम गर्थे, डेरा भाडा तिर्न गाह्रो भएकाले अभिनयसँगै लेखनमा पनि लागे । लेखनमा विकास गरे, तितोसत्य, नो टेन्सनबाट । लेखनमा पनि डम्बर सरसँग धेरै कुराहरु सिक्न सके । फिल्म क्षेत्रमा लागेपछि, लेख्नलाई प्रोत्साहन दिने काम पनि दिपक दाइबाट भयो ।
कोरोना लडकाउनले समस्या
सरकारले अरु चिजहरुमा लुज गरेको छ । तर सिनेमा हल बन्द गरेको छ । सिनेमाबाट धेरै आत्मनिर्भर भएका छन् । सिनेमा हल बन्द हुँदा समस्या देखिएको छ । अन्तर्राष्ट्रिय सिनेमा हलिउड, बलिउड जस्तै लकडाउनमा पनि नेटबाट रिलिज गर्न सक्छौँ । तर बजार सानो भएकाले धेरै समस्या छ । अहिले सरकारले बजेट कार्यान्वयनमा दुविधामा पारेको छ, सिनेमा क्षेत्रको । प्राइभेसी समस्याले पनि अप्ठ्यारोमा पारेको छ । नेपालमा भर्खर अनलाइन सेवाको विकास हुँदै छ ।
यही लकडाउनदेखि नै अललाइन कक्षाले विकास गर्यो । म्युजिक भिडयो, गीत अन्तर्राष्ट्रिय क्षेत्रको जस्तै पूरा गर्न सक्दैनौँ । विभिन्न समस्या यो क्षेत्रमा छ । कोरोनाले गर्दा समस्या पारे पनि कोरोना हटेपछि सामान्य अवस्थामा फर्किने, सहजता हुनेमा दुविधा छैन । अझै पनि अनलाइनमा आएका गीत, वा अन्य क्षेत्रको सामाग्री विश्वव्यापी रुपमा लाग्न थालेका छन् ।

अनलाइनमा इन्भेष्ट गरेवापत मैले अलिकति कमाउँछु । अलिकति जम्मा गर्छु भन्ने सोचसँगै परिवर्तनको आवश्यकता छ । अहिलेसम्म आत्मविश्वासको मत नआएको हुनसक्छ । अनलाइनमा सबै फिल्मका लागि सुविधाहरु नहुन सक्छन् । फिल्म हेर्नभन्दा भिड गर्नेको संख्यामा बढावा, अनलाइनमा डाउनलोड गर्नेको संख्यामा बढावा भएकाले अनलाइन रिजिलद्वारा पैसा कमाायो भन्न सकिदैन । त्यसैले या लकडाउनको बेला यत्तिकै फिल्म रिलिज गराउन गारो अनलाइनमार्फत ।
कला क्षेत्रमा कलाकार
सबैजना आ-आफ्नो हिसाबले हेर्दा राम्रो हुनुहुन्छ । जोसँग जोडिन पुगियो, त्यही कलाकार मन पर्छ । त्यसैले दिपक राज गिरी, दीपा श्री निरौंला, जितु नेपाल, केदार घिमिरे (माग्ने बुढा), मलाई मनपर्छ । उहाँहहरुले मलाई मार्गदर्शन दिनु भयो । तिम्ले यसो गर्दा ठिक हुन्छ । कलाकार मात्र होइन लेखनमा पनि लाग्नुपर्छ भनेर सिकाउँनुभयो ।
मनपर्ने निर्देशक
जति फिल्म बनाउनु भयो, सबै हिट भाएको छ । उहाँकै समुहमा म छु । त्यसैले निर्देशकमा कलाकारको नाम लिएकै व्यक्ति दीपा श्री नै हो । आलोचना गर्नेहरु हुन्छन् । विश्वासको कुरा हो काम राम्रो देखाउनु भएको छ । यस्तै पूरानोमा शिव रेग्मी उहाँ नभए पनि उहाँलाई बिर्सन सक्दिन । राम्रो निर्देशक हुनुहुन्थ्यो । पछिल्लोमा एउटा मात्र चलचित्रको निर्देशन गर्नुभा निश्चल बस्नेत असाध्यै मनपर्छ ।
काम गर्दाको प्रशंसा
काम गर्दा प्रशंसासँगै गाली पनि पाइन्छ । राम्रो काम गरिस् भनेर प्रशंसा गर्दा मख्ख परिन्छ । तर फूल्नु भएन । त्यसले हानी गर्छ । पत्रकारिताको क्षेत्रमा काम गर्ने पत्रकारले समाचार, लेख राम्रो छ भनेर प्रतिक्रिया आउँदा फूल्नेतिर लाग्दा घाटा हुन्छ भनेझै हामी कलाकारमा आउने प्रतिक्रियादेखि चनाखो हुनुपर्छ ।
गाली गर्दा सहजै स्वीकार्ने र राम्रो गर्छु भन्ने प्रतिबद्धता जनाउने, प्रशंसा गर्दा नमात्तिने गर्नुपर्छ । उत्तरदायित्व सम्झनु पर्छ ।

प्रशंसामा मापन गर्ने चिज छैन । प्रशंसा भनेको काम हो । कलाकारले काम गर्दा शुरुमा नाम आउँछ । यो कलाकार कस्तो छ ? कस्तो अभिनय गर्छ प्रश्न आउँछ शुरुमा, त्यहाँ नामको भूमिका छ । कला क्षेत्रमा नाम आउँछ । हेर्नेले, सुन्नेले प्रशंसा गर्छन्, प्रशंसा पाउँदा स्वत खुसी लाग्छ ।
रुवाउनभन्दा हसाउन सजिलो
कुनै मान्छे हिलोमा लड्यो भने देख्ने मान्छे हास्छ । सिनअनुसार हसाउने रुवाउने पनि हुन्छ । दिपकराज गिरीले बनाएको फिल्ममा नहासी सुखै पाइँदैन । सरिता लामिछानेको पर्दामा नरुवाउने खालको कुनै सिन हुँदैन ।
कला र क्षेत्रअनुसार रुवाउने हसाउने हुने भएकाले सहज रुपमा अघि बढ्नु पर्छ । पछिल्लो समय रोना धोना खट्न थाल्यो ।
(किरण अधिकारीसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया