लुम्बिनी प्रदेशको अधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बोलाएको विशेष अधिवेशन रोक्न दायर गरेको रिट सर्वोच्च अदालतले अस्वीकार गरेको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न प्रदेश प्रमुखले अधिवेशन बोलाएका थिए ।
प्रदेश प्रमुख शेरचनले आगामी २७ गते बोलाएको अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले असम्बन्धित व्यक्ति रिट लिएर उपस्थित भएको भन्दै दरपीठ (अस्वीकार) गरिदिएको सर्वोच्चले जनाएको छ ।
पोखरेलविरुद्ध विपक्षी चार दलको गठबन्धनले अविश्वास प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका ३४ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाएपछि आगामी २७ गते अधिवेशन आह्वान गरिएको हो ।
सर्वोच्चले दरपीठसँगै २७ गते बस्ने प्रदेशसभाको विशेष अधिवेशन बस्ने भएको छ । उक्त अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया