कोरोना बीमाको भुक्तानी अझै अन्योलमा
अर्थ मन्त्रालय भन्छ - प्रक्रियामा छ नआत्तिनुस

काठमाडौं । भक्तपुर लोकन्थलीका रामप्रसाद शर्माले कोरोना बीमा गरेपनि भुक्तानी नपाएको गुनासो गरेका छन् । मेरोन्युजसँग कुरा गर्दै उनले सरकारद्धारा घोषणा भएको कोरोना बीमा बापतको रकम पहिलो समूहले पाएपनि आफु लगायत अधिकांशले नपाएकोमा आपत्ति जनाएका हुन् ।
उनी जस्तै कोरोना बीमा गरेको रकम नपाएकाले पाउनुपर्ने भन्दै राष्ट्रिय बीमा संस्थान रामशाहपथमा धाउनेको संख्या बढ्दो छ । सरकारी बीमा संस्थानसँगै नीजि बीमा कम्पनीबाट पनि बीमा गर्नेको संख्या धेरै छ ।
१ लाख ३७ हजार सर्वसाधारणले कोरोना बीमाबाट पाउनुपर्ने पैसाको लागि दाबी गरे पनि १७ हजारले मात्र पाएको र १ लाख २० हजार व्यक्तिले भुक्तानी पाउनबाट बन्चित भएको बीमा समितिले जनाएको छ ।
बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले अर्थमन्त्रालयले आफ्नो दायित्व पूरा नगर्दा सर्बसाधारणले कोरोना बीमा दाबी भुक्तानीबाट बञ्चित हुनुपरेको बताए । उनले मेरोन्युजसँग कुरा गर्दै बीमा कम्पनीहरुले आफ्नो दायित्व पूरा गरेपनि अर्थमन्त्रालयले आफ्नो हिस्साको रकम निकासा नगरेकाले कोरोना बीमाको भुक्तानी नभएको दाबी गरे ।
३ अर्ब ५० करोड रुपैयाँ बराबरको भुक्तानी अर्थसमितिले गर्नेगरी मापदण्ड बनाइएपनि अर्थ मन्त्रालयले निकासा नगरेकाले भुक्तानी नभएको समिति अध्यक्ष सिलवालले जानकारी दिए ।
अर्थमन्त्रालयबाट निकासा हुनुपर्ने कोरोना बीमाको रकम कहिले निकासा हुन्छ भन्ने कुरा अझैं पनि अन्यौलमा छ । यद्यपी अर्थमन्त्रालयले भने छिट्टै रकम निकासा हुने बताएको छ । अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले रकम निकासाको लागि बीमा समितिले पत्र लेखेकोले बीमा गर्ने व्यक्ति आत्तिन नहुने आश्वासन दिए ।
कोरोना बिमा मापदण्ड २०७७ अनुसार बिमा कम्पनीले जतिसुकै बिमा गरे पनि १ अर्बसम्म, त्यो भन्दा माथि २ अर्बसम्म नेपाल पुनर्बिमा कम्पनीले, साढे २ अर्बसम्म बिमकको महाविपत्ति बिमा कम्पनीको कोषले, यसमाथि ३ अर्ब ५० करोडसम्म बिमा समितिले, र ३ अर्ब ५० करोडभन्दामाथिको अर्थमन्त्रालयले भुक्तानी गर्नुपर्ने नियम छ ।
राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगा राम कडेलले दाबी भुक्तानीका लागि बजेट निकासा गर्न अर्थ मन्त्रालयसँग समन्वयन गरेपनि पर्खाईमा रहेको जानकारी दिए ।
सुरुमा बिमा समितिले सामाजिक उत्तरदायित्व भन्दै बीमा नीति ल्याउन अनुरोध गरेकाले २०७७ वैशाख ७ देखि निर्जीवन बीमा कम्पनीहरु अघि बढेका थिए । बीमा गर्ने र बीमा रकम दाबी गर्ने बढेपछि गत जेठ १७ गते यो नीति रोक्ने निर्णय सरकारले गरेको हो ।
यद्यपी सरकारले पनि दायित्व लिन तयार भएपछि जेठ २३ मा फेरि यसलाई नियमित गर्न सरोकारवालाहरु तयार भएका हुन् । कोभिड बीमा सुरु हुनुअघि सरोकारवाला संस्था सबैले कोरोना बिमा मापदण्ड २०७७ बनाएपनि कोरोनाबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यको बुँदा ५५ र २८५ मा कोरोना बीमासम्बन्धी व्यवस्था गरिएको छ ।
तर अर्थमन्त्रालयले नै दाबी बापतको रकम भुक्तानी नगर्दा बीमा कम्पनीले वैशाखदेखि दाबीको भुक्तानी दिन छाडेका छन् ।
कोरोना बीमा बाफत १० अर्ब ९७ करोड ७३ लाख ५३ हजार ७ सय ६१ रुपैयाँ बराबरको दाबी परेको समितिले जनाएको छ । जसमध्ये बीमा कम्पनीको महाविपत्ति बिमा कम्पनीको कोषबाट ३ अर्ब ५० करोड, सम्बन्धित बीमा कम्पनीहरुबाट १ अर्ब ३१ करोड ११ लाख ७९ हजार २ सय ३९ रुपैयाँ भुक्तानी भएको छ ।
तर अझैं पनि ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कोरोना बीमाको दाबी भुक्तानी हुन बाँकी रहेको समितिले जनाएको छ । कोरोना बीमा मापदण्ड बमोजिम अर्थमन्त्रालयले ७ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गर्न बाँकी रहेको बीमा समितिका अध्यक्ष सिलवालले जनाएका छन् ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया