रिक्त अधिकृत पदको पदपूर्ति नगर्न सर्वोच्चको आदेश (पत्रसहित)

काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले आयोगको नाममा शाखा अधिकृतको रिक्त दरबन्दी पदपूर्ति नगर्न आदेश जारी गरेको हो ।
सर्वोच्चले स्थानीय तह र प्रदेशमा समायोजन भएका शाखा अधिकृतलाई संघीय निजामती सेवामा ल्याउन आदेश दिँदै आयोगका नाममा अन्तरिम आदेश जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
कर्मचारी समायोजन हुँदा संघीय तहमा रहेका १९१ जना शाखा अधिकृत स्थानीय तह र प्रदेशमा समायोजित भएका थिए । आयोगले संघीय निजामती सेवामा रिक्त शाखा अधिकृतको दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन आह्वान गरेसँगै आफूहरूले अवसर पाउनु पर्ने भन्दै समायोजित भएका शाखा अधिकृतहरूले रिट निवेदन हालेका थिए ।
सोही रिटमाथिको बहसमा स्थानीय र प्रदेशमा समायोजन भएका शाखा अधिकृतको संख्या बराबरको पदमा पदपूर्ति नगर्न आदेश दिएको हो । उनीहरूलाई कर्मचारी समायोजन ऐनअनुसार समायोजन गर्न सर्वोच्चले आदेश दिएको छ ।

















नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया