उपत्यकामा ‘नो हर्न’ अभियान प्रभावकारी बनाइँदै

काठमाडौँ । उपत्यकामा ‘नो हर्न’ अभियान थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ ।
उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि हर्न प्रयोगमा कमी आउनुको साथै सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो । यद्यपि कोभिड–१९ का कारण पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले प्रहरीले पुनः अभियान सुरु गरेको हो । महाशाखाले उक्त स्टिकर चालकले देख्ने गरी अगाडिको सिसामा टाँस गरिएको छ ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले उक्त अभियानलाई प्रभावकारी बनाउन आजैबाट उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टिकर टाँस गरी अभियान सुरु गरेको जानकारी दिए ।
उनले केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको महसुस गरी थप कडाई गर्न थालिएको बताए । उनले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न पनि अनुरोध गरे ।
यसरी प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाइएको छ । अनावश्यक रूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुनेछ ।

















कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया