बुधबार, पुष २, २०८२

आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम हुनेछ

ज्यो. दिवाकर पन्त २०७८ साउन २७ गते ६:१९

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको २७ गते बुधबार, श्रावण शुक्लपक्षको तृतीया तिथि । अब लागौं आजको राशिफलतर्फ

मेष
सकारात्मक सोच हुने भएकाले मनमा खुशीको मात्रा पनि कायम रहने छ । पेशागत जीवन सकारात्मक अवस्थामा रहने छ । आन्तरिक बुद्धिका कारण परिवारका सदस्यहरुले भरोसा गर्ने छन् । बोलीमा कडापना देखिने भएकाले संयमित रहनु नै उत्तम हुने छ ।

वृष
आत्माविश्वासले भरिएको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत प्रकृतिको रहने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्न जाने छन् । कमाईको मात्रामा केही सकारातमकता देखा पर्ने छ । सुख, सुविधाको उपभोग गर्न पाईने छ ।

मिथुन
आत्माविश्वासमा पनि कमि आउँदा बोलीको प्रभाव घट्ने जानेछ । भाग्यको साथ नभएकाले पेशागत जीवनमा सकारात्मक परिणाम आउन कठिनाई हुनेछ । व्यवस्थापकीय क्षमतामा कमि आउँने हुँदा प्राप्त जिम्मेबारी निभाउन ढंग नपुगेको जस्तो हुने छ । आम्दानीमा हल्का बृद्धि हुँदा राहत प्राप्त हुने छ ।

कर्कट
मनोबलमा पनि कमि ल्याउने छ । पेशाप्रति समर्पित भएर अग्रसर हुन मन लागेता पनि आँट र दृढताको कमि हुने हुँदा निरन्तरतामा भने अबरोध उत्पन्न हुन जानेछ । निर्णय क्षमतामा ह्रास आउने भएकाले निर्णयहरु लिन साह्रै कठिनाई हुने छ ।

सिंह
भाग्यहिनताको अवस्था भएकाले जे जस्तो प्राप्त छ सोही अनुसार मनमा चित्त बुझउँदै जाने गर्नु होला । साझेदारीमा गरिएका काममा बिबादहरु उत्पन्न हुन जाँदा कठिनाईको सामना गर्नु पर्ने छ । ब्यापारमा र उच्च व्यवस्थापनको तहमा आवद्धहरुलाई समय धेरै प्रतिकुल रहने छैन् ।

कन्या
मनमा दुविधाले सताउने हुँदा दोमनको अवस्थाबाट मुक्ति मिल्न कठिनाई हुने देखिन्छ । पेशागत जीवन औसत खालको रहने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाईहरु देखा पर्ने छन् । मनोबलको कमि हुने हुनाले लक्ष्य प्राप्ति प्रति स्थिर विचार आउने छैन् । आम्दानीमा गिरावट आउने छ ।

तुला
साझेदारीमा गरिएका काममा राम्रो प्रगति हुने छ, फाइदा मिल्ने छ । आफु आवद्ध कार्यालयका हाकिमहरुसँग बिबाद उत्पन्न हुने अवस्था रहेकाले संयमतासहित पाईला चाल्नु पर्ने देखिन्छ । परिवारमा द्वन्द देखा पर्न जाने छ । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा सकारात्मक हुनेछ ।

वृश्चिक
मनमा असाध्यै दुविधा आउने भएकाले चिन्ता बढि उत्पन्न गराई दिने छ । समानान्तर विचार आइ रहने हुँदा निर्णय क्षमतामा कठि आउने छ । मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । पेशागत जीवनमा कठिनाईहरु उत्पन्न हुने भएकाले संयमित हुनु पर्ने देखिन्छ ।

धनु
मनमा लद्युताभाषले डेरा जमाउने हुँदा आफूलाई कमजोर रहेको भान भइरहने छ । व्यावसायिक र पेशागत जीवन औसत अवस्थामा रहने छ । चतुर्‍याईको अभाव हुने हुँदा आफूलाई फाइदा मिल्ने गरि निर्णयहरु लिन नसक्ने अवस्था रहेको छ । समय धेरै जोखिम उठाउने भन्दा निरन्तरतालाई अघि बढाउने तर्फ केन्द्रीत हुने खालको छ ।

मकर
व्यक्तित्व दृढ खालको हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । तर कतिपय अवस्थामा आवश्यकता भन्दा बढि कडा शैलीको व्यक्तित्व हुने भएकाले यस विषयमा संयमित रहनु उपयुक्त हुने छ । पेशागत जीवनमा धैर्य अपनाउनु पर्ने समय रहेको छ । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दका क्रम देखा पर्न जाने छ ।

कुम्भ
वौद्धिक क्षेत्रतर्फको रुचि अभिबृद्धि हुने छ । पेशागत जीवन धेरै सवल नभए पनि धेरै कमजोर पनि रहने छैन्, अर्थात जे जस्तो छ त्यस्तै रहने छ । आफ्नो पेशा व्यवसायबाट मनमा सन्तुष्टि भने प्राप्त हुने छ । मेहनत र पराक्रमीपनामा शिथिलता आउने भएकाले मनमा उत्साह कायम राख्ने तर्फ ध्यान दिनु होला ।

मीन
परिवारको साथले आड भरोसा प्राप्त हुने छ । बोलीको प्रभावकारीता बृद्धि हुने हुँदा गर्न लागेका कामहरु पूरा गर्न मद्धत पुग्ने छ । पेशागत जीवनमा पनि विभिन्न कठिनाईहरु उत्पन्न हुने देखिएकाले संयमित रही पेशागत क्षेत्रमा व्यवहार गर्नु र सजग रहनु नै उपयुक्त हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया