त्रिविअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले त्रिवि अन्तर्गत परीक्षा दिने करिब ६० हजार विद्यार्थीलाई खोप दिइने जानकारी दिए ।
उनका अनुसार जिल्लामा जुन खोप उपलब्ध छ, त्यही खोप दिइने छ । सकेसम्म काठमाडाैं उपत्यकाको हकमा भोलीबाट नै लागु हुने गरी
प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप केन्द्रको व्यवस्था गरेर खाेप दिने तयारी रहेकाे डा. गौतमले जानकारी दिए ।
सरकारले कोरोना महामारीको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गरेको थियो। त्यसपछि त्रिवि अन्तर्गत भौतिक रुपमै उपस्थित भई सञ्चालन भइरहेका परीक्षा पनि स्थगित गर्नुपर्ने माग भइरहेको छ।
परीक्षा केन्द्रबाटै कोरोना सर्न सक्ने जोखिम रहेको बताउँदै विद्यार्थीले विरोध गरेपछि सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनका नेताहरूले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको ध्यानाकर्षण गराउँदै तत्काल खोप लगाउन माग गरेका थिए।

















सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया