लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि कुलप्रसाद केसीको दावी पेश
४२ सांसदको हस्ताक्षर सहित दावी पेश, आजै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी

बुटवल । कांग्रेस–माओवादी गठवन्धनका नेताहरुले लुम्बिनी प्रदेशमा नयाँ सरकारको दावी गदै प्रदेश प्रमुखलाई हस्ताषर बुझाएका छन् । मुख्यमन्त्री रहेका एमाले स्थायी कमिटि सदस्य शंकर पोखरेलले वुधबार पदवाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो ३ वजेसम्मका लागि मुख्यमन्त्रीका लागि आवेदन आह्रवान गरेका थिए ।
सोही आधारमा काग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संयुक्त गठवन्धन निर्माण गरेर माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गदै दावी पेश गरेका हुन् ।
उनको पक्षमा कुल ८० प्रदेश सभा सांसद मध्ये ४२ जना सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुख शेरचनलाई बुझाईएको छ ।
गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका एमालेको सूर्यचिन्ह वाट चुनाव जितेका सांसद अजय शाही समेतले हस्ताक्षर गरेका छन् । एमालेसाग त्यहाँ ३८ सांसद थिए । साहीले पनि कांग्रेस माओवादीतिर हस्ताक्षर गरेपछि शंकर पोखरेलसाग मात्रै ३७ सांसद सिमित हुन पुगेको छ ।
विपक्षी गठवन्धनले मुख्यमन्त्री पोखरेललाईसत्ताच्यूसत गर्ने पटक पटक प्रयास गरेपनि सफल भएका थिएनन ।
आजै सानो मनत्रीमण्डल बनाउने

बहुमतको दावी सहित मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले दावी पेश गरेपछि आजै सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी पनि केसीले गरेका छन् । उनले कांग्रेस, माओवादी र जसपाका कम्तीमा १/ १ जना लाई सहभागी गराएर सानो आकारकोम न्त्रीमण्डल बनाउने तयारी गरेका हुन् ।
प्रदेश सभाको वाकी १६ महिनामा कांग्रेस र माओवादी केन्द्रका वीचमा ८-८ महिना सरकारको नेतृतव गर्ने सभमmदारी पछि शुरुमा माओवादी केन्द्रका केसी मुख्यमन्त्री बन्न लागेका हुन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया