केपी ओली सरकारले १८ महिनामा ९७ लाख मात्र खोप ल्याएको हो : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा ५ करोड ५० लाख खोप आवश्यक पर्ने देखिएको बताए । बिहिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले अघिल्लो सरकारले १८ महिनामा ९७ लाख मात्र ल्याएको बताए ।
उनका अनुसार असार मसान्तसम्म अघिल्लो केपी ओली सरकारले ४२ लाख मात्र खोप दिएको थियो ।
भने अहिलेको सरकारले असार यता मात्र कुल ३३ लाख गरी ७५ लाखले खोप दिएको उनले जानकारी दिए । उनले निजि क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफा मुखी भन्दा पनि सेवामुखी बनाउने बताए । असोजमसान्तसम्ममा १ करोड ८ लाख खोप सुनिश्चित भएको उनले बताए ।
उनले भने “अहिले दिनमा डेढ देखि २ लाख जनालाई दिनकै खोप पाएका छन् ।”
उनका अनुसार पछिल्लो केही दिन यता कोरोना संक्रमण बढेको छ । अहिले दिनको कुल परीक्षणको २५ प्रतिशतमा संक्रमण देखिएको हुदाँ जनस्वास्थ्यको मापदण्ड पालना गर्न उनले आग्रह गरे ।
उनले किशोर र किशोरीलाई लक्षित फाइजर र मोर्डनाको खोप ल्याउँने उनले जानकारी दिए । हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको कोरोना परीक्षण भएको उनले बताए ।
अहिले कोरोना परीक्षणा ४६ वटा प्रयोगशालाबाट हुदै आएको उनले बताए ।
उनले भने ‘विगत एकहप्ताको कोभिडको आँकडा हेर्दा फेरी कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ । यतिबेला देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ । अहिलेको संक्रमणदर २५ प्रतिशतको हाराहारीमा रहेको छ । म यो सदनमार्फत् सबैलाई सावधानीपूर्वक जनस्वास्थ्यको मापदण्ड अपनाउन पुन अपिल गर्न चाहान्छु । कोभिड १९ बाट हालसम्म ७ लाख ७५ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने ६ लाख ७५ हजार ८३ जना निको भइसकेको छ । १० हजार १ सय ८० जनाले अमुल्य जीवन गुमाउनु परेको छ । हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परिक्षण भएको । हालसम्म कुल जनसंख्याको २.६ प्रतिशत संक्रमित भएका छन् । औसत पोजेटिभ प्रतिशत १९.४ प्रतिशत रहेको । हाल देशभरी संक्रमित ३८ हजार ३३ रहेका छन् । मृत्युदर १.५ हिजोदेखिको मितिबाट १० हजार १ सय ८० दुखद निधन भएको तथ्यांक छ । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको छ । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र जसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण अनुसार द्रुत कार्ययोजना बनाएर तयारी गरिएको छ ।’
बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडी बढाइएको उनले बताए । उनले भने ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु ।’
हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित भएके जिल्ला १९ पुगेको उनले जानकारी दिए । आगामि दिनमा ९ हजारलाई संघन उपचार गर्नुपर्ने प्रक्षेपण गरिएको छ । हालसम्म १५.५ प्रतिशतले खोप प्राप्त गरेका छन् । भने दुबै डोज ९.५ प्राप्त गरेका उनको भनाई छ ।
अक्सिजन ६ हजार थप गरिएको छ । हाल १२० मेटिक्टन आपुर्तिभएको छ । अबको खोप कार्यक्रम काठमाडांै र तराईलाई प्राथमिता दिईने छ । अब विद्यार्थी र युवालाई खोप दिईने उनले जानकारी दिए ।
जहाँ बढी आर्थिक क्रियाकलाप हुने स्थान र सिमा क्षेत्रमा खोप दिईने उनले बताए । उनका अनुसार नगर, गाउँ स्तरिय खोप लगाउँन स्वयम सेवक खटाईनेछ । १८ देखि ३० वर्षका विद्यार्थीलाई खोप दिईने व्यवस्था गरिएको छ । ५ सय वेडको कोभिड अस्पतालको व्यवस्था गरिने छ ।















अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
भक्तपुरमा जिब्रो छेड्ने जात्राको ब्रत सुरु
काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया