‘मेलम्चीका जनताहरुलाई भोली – पर्सि नै खोप दिने व्यवस्था हुन्छ’

काठमाडौं । कक्षा १२ का ४ लाख विद्यार्थीहरु खोप लगाउँन नमिल्ने भएकाले परीक्षा रोकिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए । विहिबारको प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिदै राजयमन्त्री श्रेष्ठले भने “मेलम्चीका जनताहरुलाई भोली पर्सि नै खोप दिने व्यवस्था गर्ने प्रतिबद्धता गर्दछु ।”
उनका अनुसार खोप केन्द्रको व्यवस्थापनका लागि वडा भोलिन्टरको व्यवस्था गर्नुपर्ने देखिएको हुदाँ त्यो पनि छिटै गरिनेछ ।
त्यसैगरी, अहिले जेष्ठ नागरिकहरु साढे १३ लाखलाई जसले कोभिसिल्ड लिएकाहरुलाई अहिले एष्टाजेनिका खोप प्रदेश १ र २ मा बाहेक अन्य जिल्लमा दिईरहेको उनले जानकारी दिए ।
उनले भने, “एष्टाजेनिका खोप भुटान र जापान गरी साढे १७ लाख खोप आएको छ ।”
जेष्ठ नागरिक दिएर बाँकी खोप जो बढी हिड्डुल गरिरहनुपर्छ तिनिहरुलाई दिईने उनले बताए ।
स्वास्थ्य मन्त्रालयले संक्रामक ,खोप विज्ञहरु राखेर काम गरी रहेको उनले जानकारी दिए। उनले भने,“अब खोप प्रश्स्त आउँछ ।”
उनका अनुसार कोरोना परीक्षणको दर बढाउने तयारी छ । सरकारी अस्पतालमा २ पटक कोरोना परीक्षण गरेको शुल्क नलिने तयारी रहेको उनको भनाई छ ।
कोरोनाको तेस्रो लहरबाट बालबालिकाहरुलाई जोगाउँन आइसीयु र भेन्टिलेटर थप्ने काम भइरहेको छ । कोरोना मात्र हैन कोरोना बाहेका विरामीहरुका लागि उपचार लिन पाउँने व्यवस्था गरिएको उनले बताए ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रतिक्रिया