नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब

काठमाडौं । विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अंकले बढेर तीन हजार १७९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादन ९९.२५, जीवन बीमा ३१.०५, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७१ बिन्दुले बढेको छ । व्यापार ५९.१७, होटल तथा पर्यटन ३७.८४, जलविद्युत् १२.२३, अन्य ९.१ र लघुवित्त ५.६५ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६२ करोड ७९ लाख ९७ हजार ८०० बराबरको कारोबार भयो । कामना सेवा विकास बैंक ५९ करोड ७४ लाख ४४ हजार ३०२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ४८ करोड ८३ लाख पाँच हजार ५२३, एचआइडिसिएल ४४ करोड पाँच हजार ७८८ र गरिमा विकास बैंक ४१ करोड ५८ लाख ४५ हजार ९४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
सात कम्पनीको शेयरमा सकारात्मक सर्किट
नेप्सेका अनुसार आज विभिन्न सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै पाँचथर पावर कम्पनी ३.९९, आइसिएफसी फाइनान्स ३.८९, ओरियन्टल होटल ३.८२,सारथी नेपाल लघुवित्त ३.५३ र तारागँउ रिजेन्सी होटलका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड पाँच लाख ३० हजार ५११ बराबर पुगेको छ ।

















आज पनि सुनको मुल्य व्यापक वृद्धि
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व हाे – कांग्रेस सभापति थापा
होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया