नेपाल बैंकको मूनाफा ३ अर्बमाथि
मेरोन्यूज
२०७८ साउन २९ गते ११:२८
काठमाडौँ । नेपाल बैंकले गत आर्थिक वर्षको तुलनामा झण्डै ३ अर्ब रुपैयाँ मूनाफा गरेको छ । बैंकले कूल ३ अर्ब ६ करोड ४ लाख ५७ हजार रुपैयाँ नाफा गरेको हो ।
बैंकले आर्जन गरेको यो नाफा गत वर्षको तुलनामा तुलनामा ३१ दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस बैंकले २ अर्ब ३३ करोड २८ लाख ८८ हजार रुपैयाँ नाफा आर्ज गरेको थियो ।
यस्तै, एक वर्षको अवधिमा बैंकको सेयर पुँजी १२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ एण्ड सरप्लस ९ दशमलव ९९ प्रतिशत र कर्जा ३० दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको निष्क्रिय कर्जामा केही सुधार भएको छ भने प्रतिसेयर आम्दानी इपीएस २०.६८ बाट बढेर २४.२६ रुपैयाँ पुगेको छ ।
सम्बन्धित
















निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका निम्ति प्रचण्डको अपिल
निर्वाचन लक्षित सुरक्षा तयारी पूरा, स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेः गृहमन्त्री अर्याल
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने: प्रहरी महानिरीक्षक कार्की
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
प्रतिक्रिया