कोरोनाको तेस्रो लहरसम्बन्धी तयारी गर्न सरकारको निर्देशन
मेरोन्यूज
२०७८ साउन २९ गते १७:५८

काठमाडौँ । सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमितबाट बच्न थप तयारी गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले कोरोना उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गरी काम अगाडि बढाउन निर्देशन दिएको हो ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै पूर्व तयारी गर्न सिडिओहरूलाई निर्देशन दिएको हो । यसअघिको अवस्थामा सञ्चालन भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नु पर्ने आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सूचीकृत अस्पतालमा रहेका संक्रमितको तथ्यांक तथा विवरण दैनिक रुपमा अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

सम्बन्धित
















उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया