गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ साउन ३० गते १९:४३
काठमाडौँ । गण्डकी प्रदेशमा दुई मन्त्रीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना पुष्टि भएको हो ।
शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा दुई मन्त्रीलाई कोरोना पुष्टि भएको उनका सचिवालयहरूले जनाएका छन् । दुवै मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनीहरू आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेका छन् । उनीहरूका परिवार र सचिवालयका अन्य सदस्यमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
सम्बन्धित
















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया