शुक्रबार, मंसिर ५, २०८२

गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना पुष्टि

मेरोन्यूज २०७८ साउन ३० गते १९:४३

काठमाडौँ । गण्डकी प्रदेशमा दुई मन्त्रीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना पुष्टि भएको हो ।

शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा दुई मन्त्रीलाई कोरोना पुष्टि भएको उनका सचिवालयहरूले जनाएका छन् । दुवै मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनीहरू आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेका छन् । उनीहरूका परिवार र सचिवालयका अन्य सदस्यमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

प्रतिक्रिया