कर्णालीमा घटेन कोरोना संक्रमणदर, एकैदिन ११५ जनामा पुष्टि

सुर्खेत । कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् ।
प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ ।
सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कहीं कारवाही त कतै मास्क वितरण कार्यक्रम गरिए पनि कोरोना सङ्क्रमण नियन्त्रण हुनसकेको छैन ।
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक काममा लाग्न निर्देशन दिए पनि कोही कसैले सावधानी नअपनाउँदा पछिल्लो एक सातामा सङ्क्रमण झनै उकालो लागेको छ । शनिबार कर्णाली प्रदेशमा ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताललगायत प्रदेशका विभिन्न प्रयोगशालामा शनिबार १३६ जनाको पिसिआर परीक्षण गर्दा ७० र एन्टिजेन विधिबाट २२१ जनाको परीक्षण गर्दा ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
“कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतका ३६, कालीकोटमा २५, रुकुमपश्चिमका १९, जुम्लाका १५, जाजरकोटका १२, दैलेखका पाँच र मुगुका दुई जना रहेका छन्”, निर्देशक डा. खड्काले भने, “शनिबार ११५ थपिएसँगै कर्णालीमा ३१ हजार ८५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।”
उनका अनुसार प्रदेशभर कोरोना सङ्क्रमणमुक्त हुनेको कूल सङ्ख्या २९ हजार १०७ अर्थात् ९१ प्रतिशत पुगेको छ ।
हालसम्म कर्णालीमा एक लाख २४ हजार ५१९ जनाको आरटी पिसिआर र ४२ हजार ५६८ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९७७ रहेको स्वास्थ्य सेवा निर्देशनालयले जननाएको छ ।









एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया