बुधबार, वैशाख ३१, २०८२

थप २,२१२ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

मेरोन्यूज २०७८ साउन ३१ गते १६:३७


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २,२१२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १,८६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् । हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ ।

प्रतिक्रिया