प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको हो ।
सर्वोच्चले १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन आदेश दिएको छ । गत जेठ १५ गते आर्थिक वर्ष २०७८ ०७९ का लागि विनियोजन बजेटको १६० औं बुँदामा साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउने भनिएको छ ।
आदेशमा कार्ययोजना बनेको १० दिनभित्र सरोकारवालासँग परामर्श गरी थप नीतिगत तथा कार्यान्वयन तहमा प्रबन्ध गर्नुपर्ने भए गर्न उल्लेख गरिएको छ ।
आदेशमा भनिएको छ, ‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला ९४० माइक्रोनभन्दा पातलो० को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’ मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महीनामा रिपोर्ट पेश गर्न आदेशमा उल्लेख छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया