प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको हो ।
सर्वोच्चले १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन आदेश दिएको छ । गत जेठ १५ गते आर्थिक वर्ष २०७८ ०७९ का लागि विनियोजन बजेटको १६० औं बुँदामा साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउने भनिएको छ ।
आदेशमा कार्ययोजना बनेको १० दिनभित्र सरोकारवालासँग परामर्श गरी थप नीतिगत तथा कार्यान्वयन तहमा प्रबन्ध गर्नुपर्ने भए गर्न उल्लेख गरिएको छ ।
आदेशमा भनिएको छ, ‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला ९४० माइक्रोनभन्दा पातलो० को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’ मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महीनामा रिपोर्ट पेश गर्न आदेशमा उल्लेख छ ।















कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया