ट्रम्पले भने -अफगानिस्तानमा बाइडेन चुके

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको बताएका छन् । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै ट्रम्पले भनेका छन् ,“प्रशासनले नयाँ सरकारका लागि छोडेको योजना पछ्याउनुको सट्टा उहाँ अफगानिस्तानबाट बाहिर निस्किनुभयो । हाम्रो योजनाले अमेरिकी जनता र सम्पत्तिको सुरक्षा गर्यो र तालिबानले कहिल्यै पनि अमेरिकी दूतावास लिने वा अमेरिकाविरुद्ध नयाँ आक्रमणका लागि आधार प्रदान गर्ने सपना देख्ने छैन भन्ने सुनिश्चित गरेको थियो । त्यो फिर्ता अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तथ्यद्वारा निर्देशित थियो ।”
अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या भएको ट्रम्पको आरोप छ ।
काबुलमा रहेको अमेरिकाको दूतावासमाथि तालिबानले झण्डा उठाउँदा अपमान हुने ट्रम्पले बताए । काबुलबाहेक सबै प्रमुख शहरहरूमा तालिबानले कब्जा गरेको दावी गरिरहँदा शनिबार बाइडेनले अफगानिस्तानमा थप एक हजार सेनाको तैनादी गर्ने अधिकारमा हस्ताक्षर गरेका थिए ।
यसले गर्दा युद्धग्रस्त देशमा अमेरिकी सेनाको संख्या पाँच हजार पुगेको छ । बाइडेनको यो निर्णय आफ्ना कर्मचारीहरूलाई सुरक्षित र व्यवस्थित ढंगले स्वदेश फिर्ता गर्न सुनिश्चित गर्नु मात्रै रहेको छ ।










कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति
दुई सय र पाँच सय दरका भारतीय नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग
चार महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रतिक्रिया