तालिवानले सत्ता कब्जा गरेसँगै अमेरिकी सैनिकको गोली प्रहारबाट अफगानी नागरिकको मृत्यु

काठमाडौँ । तालिवानको कब्जामा सत्ता पुगेसँगै अफगानिस्तानको काबुल एयरपोर्टमा भीड बढेको छ । देश छाडेर जाने नागरिकहरू एयरपोर्टमा पुगेसँगै भीड बढेको हो ।
अहिले उक्त एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । समाचारमा जनाइएअनुसार एयरपोर्टमा भीड नियन्त्रण गर्न गोली प्रहार भएको छ । उक्त गोली प्रहारमा परी केही अफगानी नागरिकको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
अफगानिस्तानमा आफूले कब्जा गरे पनि तालिवानले देशका सबै नागरिकलाई जन धनको सुरक्षा दिने बचन दिँदै आएका छन् । एयरपोर्टमा देश छाड्नेको भीड बढेसँगै अमेरिकी सेनाले गोली प्रहार गरेको हो ।
गोली प्रहार भएसँगै एयरपोर्टमा भाग दौड भएको छ । उता समाचारअनुसार एयरपोर्टमा तालिवानले गोली प्रहार गरेसँगै अमेरिकी सैनिकले गोली प्रहार गरेको जनाइएको छ ।
तालिवाले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्च अधिकारीले देश छाडेर गइसकेका छन् ।
एयरपोर्टमा सर्वसाधरणको भिड बढेसँगै उक्त क्षेत्र बसपार्क जस्तो भएको छ । एजेन्सी










Nepal enters semifinals of Blind Women’s Cricket Tournament
जलवायु न्यायको लागि विश्वव्यापी प्रदर्शन
सरकारलाई मानवअधिकार आयोगको आग्रह- हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुनू
Ensure justice to Gen Z: Home Minister Aryal
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया