आज रातिसम्म केपी ओली सच्चिए पार्टी दर्ता हुँदैन : सांसद खतिवडा

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल पक्षको बैठक सकिएको छ । बैठकपछि पत्रकारसँग बोल्दै माधव पक्ष सांसद विरोध खतिवडाले पार्टी विभाजन हुने संकेत गरेका छन् ।
पत्रकारले तपाईहरूलाई पार्टी विभाजन गर्न २० प्रतिशत भए पनि हुने गरी अध्यादेश आयो नि भन्ने प्रश्नमा सांसद खतिवडाले भने, ‘हाम्रो पक्षमा ३०–४० प्रतिशत नै छ, यो महन्थ ठाकुरहरूलाई सजिलो हुने गरी आएको होला ।’
आज बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकमा दल विभाजनसम्बन्धि अध्यादेश जारी भएको थियो । अध्यादेश जारी भएसँगै नयाँ बानेश्वरस्थित एक होटलमा नेता नेपाल पक्षका सांसदहरूको बैठक बसेको हो ।
‘नयाँ दल दर्ता आश्यकताअनुसार हुन्छ, केपी ओली आफ्नो निर्णयबाट ब्याक हुनुपर्छ,’ सांसद खतिवडाले भने, ‘हामी ओलीको जालझेलमा अल्झेर बस्दैनाैँ, आज रातिसम्म केपी ओली सच्चिएर सबै निर्णयबाट व्याक हटेर चर्चामा आएका मागहरू सम्बोधन भए पार्टी दर्ता नहुन पनि सक्छ ।’
उनले नयाँ दल दर्ताबारे खासै छलफल नभएको बताए ।
















लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया