एमालेका माधव नेपालसहित १४ सांसदमाथि कारवाही
मेरोन्यूज
२०७८ भदौ १ गते १७:०४

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
उनीहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ । यस्तै सांसदलाई कारबाही गरेकाबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको बताइएको छ । कारवाहीमा पर्ने सांसद यसप्रकार छन् ।
कारबाहीमा पर्ने सांसदमा माधव कुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, मेटमणी चौधरी, विरोध खतिवडा, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, कृष्णलाल महर्जन, भवानी खापुङ, निरादेवी जैरु, सरला यादव, कलिला खातुन रहेका छन् ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया