बुधबार, पुष २, २०८२

प्रधानमन्त्री देउवाको प्रतिबद्धतापछि केसीद्वारा सत्याग्रहका कार्यक्रम स्थगित

मेरोन्यूज २०७८ भदौ १ गते १९:४०

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा गोविन्द केसीले भदौ ३ गते अर्थात शुक्रबारदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका छन् ।

देउवा र केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको थियो ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिताको छानबिन गर्नुपर्ने लगायतका माग राखेर डा। केसीले सत्याग्रहको घोषणा गरेका थिए ।

देउवाले डा केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि केसीले सत्याग्रह कार्यक्रम स्थगित गरेका हुन् ।

प्रतिक्रिया