निजामती सेवा दिवसमा पुरस्कार वितरणदेखि वृक्षरोपणका कार्यक्रम हुने

काठमाडौं । निजामती सेवा दिवस, २०७८ सफल पार्न राज्य नियन्त्रित समाचार संस्थाले प्रचारप्रसारमार्फत भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा कार्यक्रम संयोजन उपसमितिको संयोजनमा आज बसेको बैठकमा गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र विज्ञापन बोर्डका पदाधिकारीले आआफ्नो सञ्चारमाध्यमबाट समाचार, आलेख, लेखरचना, कार्यक्रम, विज्ञापन आदिबाट प्रचारप्रसार गरिने प्रतिबद्धता व्यक्त गरे ।
सोअनुसार गोरखापत्र दैनिकमा भदौ २२ गते निजामती सेवा विशेषाङ्कका साथै लेखरचना आदि प्रकाशन हुनेछन् । रासस, नेपाल टेलिभिजन र रेडियो नेपालले पनि प्रदेशसमेत समेटी समाचार, आलेख र संवाद र कार्यक्रम उत्पादन गर्नेछन् भने विज्ञापन बोर्डले विज्ञापन सामग्रीका लागि समन्वय गर्ने छ । बैठकमा सञ्चार मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले दिवसको मूल नारा तय गर्न पाँच नारा सिफारिस गरिएको जानकारी दिए ।
मन्त्रालयका प्रेस तथा सूचना समन्वय शाखाका उपसचिव संगीत ओझाले यस वर्ष निजामती सेवा पुरस्कार वितरण, खुला निबन्ध तथा कविता प्रतियोगिता एवं वृक्षरोपण तथा वातावरण संरक्षणका कार्यक्रम हुने जानकारी दिए । विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य सरकारले भदौ २२ गते निजामती सेवा ऐन, २०१३ जारी गरेको दिनका सम्झनामा केही वर्षदेखि मुलुकमा निजामती सेवा दिवस मनाउने गरिएको छ ।















युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया