निजामती सेवा दिवसमा पुरस्कार वितरणदेखि वृक्षरोपणका कार्यक्रम हुने

काठमाडौं । निजामती सेवा दिवस, २०७८ सफल पार्न राज्य नियन्त्रित समाचार संस्थाले प्रचारप्रसारमार्फत भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा कार्यक्रम संयोजन उपसमितिको संयोजनमा आज बसेको बैठकमा गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र विज्ञापन बोर्डका पदाधिकारीले आआफ्नो सञ्चारमाध्यमबाट समाचार, आलेख, लेखरचना, कार्यक्रम, विज्ञापन आदिबाट प्रचारप्रसार गरिने प्रतिबद्धता व्यक्त गरे ।
सोअनुसार गोरखापत्र दैनिकमा भदौ २२ गते निजामती सेवा विशेषाङ्कका साथै लेखरचना आदि प्रकाशन हुनेछन् । रासस, नेपाल टेलिभिजन र रेडियो नेपालले पनि प्रदेशसमेत समेटी समाचार, आलेख र संवाद र कार्यक्रम उत्पादन गर्नेछन् भने विज्ञापन बोर्डले विज्ञापन सामग्रीका लागि समन्वय गर्ने छ । बैठकमा सञ्चार मन्त्रालयका सहसचिव डिल्लीराम शर्माले दिवसको मूल नारा तय गर्न पाँच नारा सिफारिस गरिएको जानकारी दिए ।
मन्त्रालयका प्रेस तथा सूचना समन्वय शाखाका उपसचिव संगीत ओझाले यस वर्ष निजामती सेवा पुरस्कार वितरण, खुला निबन्ध तथा कविता प्रतियोगिता एवं वृक्षरोपण तथा वातावरण संरक्षणका कार्यक्रम हुने जानकारी दिए । विसं २०१३ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य सरकारले भदौ २२ गते निजामती सेवा ऐन, २०१३ जारी गरेको दिनका सम्झनामा केही वर्षदेखि मुलुकमा निजामती सेवा दिवस मनाउने गरिएको छ ।










मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
प्रतिक्रिया