राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह
मेरोन्यूज
२०७८ भदौ २ गते १५:५४

काठमाडौं । राष्ट्रिय विज्ञान दिवसको लागि सरकारले कार्यक्रम तथा उपयुक्त हुने नारा पठाउन सबैलाई आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नवौं राष्ट्रिय विज्ञान दिवस, २०७८’ को अवसरमा गर्न सकिने कार्यक्रमहरू तथा उपयुक्त हुने नारा पठाउन आग्रह गरेको छ ।
मन्त्रालयले विश्वविद्यालय, शैक्षिक संस्था, निजी अनुसन्धान संस्था, नवप्रवर्तक तथा अन्य सरोकारवाला संस्थाहरूबाट नवौं राष्ट्रिय विज्ञान दिवस, २०७८ को अवसरमा आ–आफ्नो निकायबाट गर्न सकिने भदौ १० भित्र प्रस्तावित कार्यक्रमहरू तथा नारा पठाउन अनुरोध गरेको छ ।
प्रस्तावित कार्यक्रम तथा नारा space@moest.gov.np इमेलमा पठाउन सकिने छ । बि.सं. २०७० देखि प्रत्येक वर्ष असोज १ गते विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया