माधव नेपालको साथ छोडेका नेताको ओलीलाई ५ दिने अल्टीमेटम
कार्यदलस्तरले टुंग्याएको १० बुँदे सहमति अक्षरसः पालना गर्न माग
काठमाडौं । नेकपा एमाले विभाजनमा माधव नेपाल समुहतिर नलागेका र नेपाल समुह छोडेका नेताहरुले पार्टी एक्ताका लागि कार्यदलस्तरमा बनाइएको १० वुादे सहमति हुवहु कार्यान्वयन गर्न र पार्टी एकता जोगाउन अध्यक्ष केपी ओलीलाई ५ दिने अल्टीमेटम दिने निश्कर्ष निकालेका छन् ।
पहिले माधव नेपाल समुहमा रहेका तर नेपालले पार्टी विभाजन गर्ने विषयमा असहमति जनाएका भीम् रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुको समुहले कार्यदल तहमा भएको सहमतिको अक्षरस पालना हुनुपर्ने बताएको हो ।
त्यसका लागि उनीहरुले पहल ओलीले गर्नुपर्ने बताएका छन् ।
‘हामीले १० वुँदे सहमति कार्यान्वयन गर्नुपर्छ भनेर भनेका छौं, त्यसको कार्यान्वयन अध्यक्ष ओलीले गर्नुपर्छ । त्यसका लागि उहाँले ५ दिनभित्र हामीलाई सो अनुसारको प्रतिवद्धता गर्ने गरी ब्यवहारमै काम देखिनुपर्छ,’ वैठकमा सहभागी एक नेताले भने।
नेपाल समुह छोडेका एमालेका ८ नेताले विहिवार ओलीलाई माधव नेपाल लगायतका १४ सांसदमाथी गरेको कारवाही फिर्ता गर्न, माधव नेपाललाइृ नयाँ दल दर्ताको प्रक्रियावाट पछि हट्न र कार्यदल स्तरमा भएको १० वुदे सहमति कार्यान्यवयन गरेर जान आग्रह सहितको वक्तब्य दिएको थियो ।
त्यसपछि यो समहुका नेताहरुले आज थप केन्द्रीय सदस्यहरुसहित छलफल गरेको हो । छलफल महाराजगन्जस्थित एक पार्टी प्यालेसमा बसेको थियो ।

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
प्रतिक्रिया