अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त

वासिङ्टन । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।
राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।
अहिले ६५ वर्ष भएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक छन् । उनलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ ।
उनले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गर्नु भएको थियो । सरकारको वर्गिकरणमा उहाँ विदेश मन्त्रालयको तेस्रो उच्च तहमा थिए ।
निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत हुनुभएको थियो । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत हुनुभएको थियो भने विदेश मन्त्रालयको प्रवक्तासमेत भएको थियो ।
त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उहाँले काम गर्नु भएको थियो । एजेन्सी









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया