अमेरिकाद्वारा चीनका लागि नयाँ राजदूत नियुक्त

वासिङ्टन । अमेरिकाको नयाँ सरकारले चीनका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।
राष्ट्रपति जो बाइडेनले निकोलास बुर्नसलाई चीनका लागि राजदूतको जिम्मेवारी दिनुभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार जनाएको छ ।
अहिले ६५ वर्ष भएका निकोलास हावर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक छन् । उनलाई अमेरिकाको वरिष्ठ कुटनीतिज्ञका रुपमा पनि चिनिन्छ ।
उनले यसअघि कुटनीतिक सरकारी अधिकारीको रुपमा झण्डै २७ वर्ष सेवा गर्नु भएको थियो । सरकारको वर्गिकरणमा उहाँ विदेश मन्त्रालयको तेस्रो उच्च तहमा थिए ।
निकोलस सन् २००१ देखि २००५ सम्ममा नेटोका लागि राजदूत हुनुभएको थियो । त्योभन्दा अगाडि ग्रिसका लागि राजदूत हुनुभएको थियो भने विदेश मन्त्रालयको प्रवक्तासमेत भएको थियो ।
त्यसैगरी जर्ज एचडब्लु बुस र विल क्लिन्टन राष्ट्रपति भएका बेला राष्ट्रपति कार्यालयको राष्ट्रिय सुरक्षा परिषद्समेतमा उहाँले काम गर्नु भएको थियो । एजेन्सी
















अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया