प्रधानमन्त्री देउवा र भाजपाका नेता चौथाइवाबीच भेटवार्ता
मेरोन्यूज
२०७८ भदौ ६ गते २१:०४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाबीच भेटवार्ता भएको छ । भाजपाका विदेश विभाग प्रमुख चौथाइवा आइतबार काठमाडौं आएका थिए ।
काठमाडौं आएलगतै प्रधानमन्त्री निवास बालुवाटार गएर देउवालाई भेटेका हुन् । भेटमा चौथाइवाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए ।
भेटपछि ट्वीट गर्दै चौथाइवाले देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे छलफल भएको जानकारी गराएका छन् । उनले आजै कांग्रेस अन्य नेतासँग पनि भेटघाट गरेको बताइउको छ ।
उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया