केजीएफ च्याप्टर-२ अप्रिल १४ मा रिलिज हुने

काठमाडौं । कोरोनाका कारण प्रदर्शन मिति बारम्बार पछि सरिरहेको कन्नड चलचित्र केजीएफ च्याप्टर २ को रिलिज गर्ने मिति तय भएको छ । जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको केजीएफ च्याप्टर २ २०२२ अप्रिल १४मा रिलिज हुने भएको हो ।
कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज हुन नसकेको चलचित्रका मुख्य नायक यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति सार्वजनिक गरेका हुन् । चलचित्रका यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ । चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका छ ।
चलचित्रमा सञ्जय खलपात्रको भूमिकामा देखिएका छन् । चलचित्रको टिजर सार्वजनिक भैसकेको छ र दर्शकले यसलाई निक्कै मन पराएका छन् । कन्नड भाषामा बनेको यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन गरिनेछ ।
सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले दर्शकमाझ राम्रो प्रभाव पारेको थियो । केजीएफ च्याप्टर २ यसकै सिक्वेल हो ।

















प्रधानमन्त्री कार्कीको तस्बिर राख्दै बालेनले लेखे – हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
मतदानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया